arrow

शौच गर्न गएका धाँगडको बाघको आक्रमणबाट मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १० मंगलबार
Paterwasugauli-Gaunpalika.png

वीरगञ्ज । बाघको आक्रमणबाट पर्सामा एक युवकको मृत्यु भएको छ । 

बाघको आक्रमणमा परी पटेर्वा सुगौली गाउँपालिका-२ थरकटीका ३२ वर्षीय मनोज उराँव धाँगडको मृत्यु भएको हो । 

घर नजिकै जङ्गलमा शौच गर्न गएका धाँगड आज बेपत्ता भएका थिए । 

उनको खोजतलाश गर्ने क्रममा शव फेला परेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केसरीले जानकारी दिए । “धाँगडको टाउको र खुट्टा नभएको अवस्थामा शव फेला परेको छ”, उनले भने । 

धाँगडको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ