arrow

चार वेदका अनुवादक लुइँटेल रहेनन्

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ११ बुधबार
tilakprasad-luitel.jpg

काठमाडौँ । संस्कृत भाषाका अन्वेषक तिलकप्रसाद लुईटेलको ६१ वर्षको उमेरमा निधन भएको छ ।

मिर्गौला र उच्चरक्तचापबाट पीडित लुइँटेलको मंगलबार बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको उनका सहपाठी घनश्याम कोइरालाले जानकारी दिए । 
 
लुइँटेलले ऋग्वेद, सामवेद, यजुर्वेद, अथर्ववेद, मनुस्मृति, विदुरनीति, चाणक्यको सिद्धान्त, गरुडपुराण, श्रीमद्भागवतमहापुराण, छान्दग्योपनिषद, शुक्रनीतिलगायत तीन दर्जनभन्दा बढी महत्वपूर्ण ग्रन्थलाई नेपाली भाषामा अनुवाद गरेका छन् । 

‘हिन्दू जातिको उत्थान र पतन’ नामक पुस्तक पनि उनले हिन्दीबाट नेपालीमा अनुवाद गरेको जनाइएको छ । 

लुइँटेलले धेरै पुस्तक संस्कृत भाषाबाट नेपालीमा अनुवाद गरी नेपाली पाठक तथा नेपाली साहित्यलाई गुन लगाएका छन् । 
 
परिश्रमी र स्वाभिमानी स्वभावका उनी अध्ययन, अनुसन्धानमा विशेष रुचि राख्थे । 

स्वर्गीय लुइँटेलका श्रीमती र एक छोरा छन् । उनको मंगलबारै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ