arrow

दुईसय किलो आखेटोपहारसहित दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १३ शुक्रबार
nepal-police12.jpg

किमाथाङ्का, (सङ्खुवासभा) । सङ्खुवासभा प्रहरीले मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रबाट दुर्लभ जङ्गली जनावर सालकको आखेटोपहारसहित दुई जनालाई पक्राउ गरेको छ । 

आखेटोपहारसहित पक्राउ पर्नेमा भोटखोला गाउँपालिका -२ रिदाकका ३५ वर्षीय छिरिङ भोटेसहित एक महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । 

पक्राउ परेकी महिलाको नाम भने सार्वजनिक गरिएको छैन । 

भोटखोला गाउँपालिका-२ च्याम्ताङबाट गएराति दुई सय किलो दुर्लभ सालकको आखेटोपहारसहित पक्राउ परेका भोटखोला -२ का छिरिङ र एक महिलालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पक्राउ परेकालाई शुक्रबार साँझसम्ममा सदरमुकाम खाँदबारी ल्याइने प्रहरीले जनाएको छ । उनीहरूलाई सदरमुकाम ल्याएपछि पत्रकार सम्मेलन गरिने उक्त कार्यालयले बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ