arrow

सन्दीप लामिछाने बलात्कार आरोपमा दोषी ठहर

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १३ शुक्रबार
sandeep-lamichhane-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने बलात्कार आरोपमा दोषी ठहर भएका छन् । उनलाई काठमाडौँ जिल्ला अदालतले दोषी ठहर गरेको हो । 

न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई दोषी ठहर्याएको हो । मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ०) अनुसार सजाय गर्ने फैसला न्यायाधीशले गरेका हुन् ।

यो संहिताअनुसार सन्दीपलाई ७ देखि १० वर्षसम्म सजाय हुनसक्ने देखिन्छ । 

अदालतले पीडितलाई बालिग ठहर्याएको भए पनि जबरजस्ती करणी गरेको भन्दै सन्दीपलाई सजाय सुनाएको हो ।

सजाय निर्धारणका लागि आगामी पुस २५ गतेका लागि पेशी तोकिएको छ ।

सन्दीप राष्ट्रिय टिमको कप्तान भएका बेलामा गत वर्षको भदौ ५ गते उनले ती पीडितमाथि राजधानीको गौशालामा रहेको एक होटलमा बलात्कार गरेका थिए । पीडितले जबरजस्ती करणीको आरोपमा भदौ २१ गतेमात्र जाहेरी दिएकी थिइन् । 

पीडितले दिएको जाहेरीलाई प्रहरीले भदौ २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएपछि भदौ २३ गते काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । 

क्रिकेट खेल्न विदेश गएका बेलामा पक्राउ पुर्जी जारी भए पनि उनी नेपाल भने एक महिनापछिमात्र फर्केका थिए । असोज २० गतेमात्रै नेपाल फकिएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै प्रहरीले प्रक्राउ गरेको थियो । 

त्यसपछि कार्तिक १४ गते प्रहरीले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उनी जेलमा रहेर अनुसन्धान भइरहँदा उच्च अदालत पाटनले उनलाई पुस २८ गते २० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएपछि थुनामुक्त भएका थिए । 

उनी थुनामुक्त मात्र भएनन् राष्ट्रिय टिममा रहेर क्रिकेट पनि खेले । उनलाई उच्च अदालतले विदेश जान नपाउने भनेको भए पनि विदेश जानका लागि सर्वोच्च अदालतमा गएसँगै उनले त्यो सुविधा पनि पाएका थिए । 

तर मुद्दा दर्ता भएको १४ महिनापछि फैसला आएको छ । यसबीचमा पीडितले भने निकै नै पीडा खेप्नु परेको थियो । राज्यले पीडितको संरक्षणमा बेवास्ता गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ