arrow

पल्टिन्छ खुदो यसरी [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १७ मंगलबार
khudo-sugarcane-2080-09-17-.jpg

पोखरा । कसैलाई केही फलिपाप भयो भने भनिन्छ, खुदो पल्टियो । तर साँच्चिकै खुदो कसरी पल्टिन्छ ? नयाँ पुस्तालाई थाहा नहुन सक्छ । 

उखुको रस पकाएर खुदो बनाउने चलन केही ठाउँमा मात्रै बाँकी छ । कास्की पोखरा महानगरपालिका वडा नम्बर ३२ को मालेपाटन र ढोडबेसीँमा अझैसम्म त्यही चलन रहेको छ । अझै पनि खुदो पकाउने चलन हराएको छैन ।

पोखरा ३२ मालेपाटन र ढोडबेसीँमा पुर्खाका पालादेखि नै उखुखेती हुन्थ्यो । कहिलेदेखि उखुखेती हुन्थ्यो यकिन नरहेको स्थानीय बताउँछन् । मालेपाटन र ढोडबेसीँका करिब ८० परिवारले २ सय रोपनीमा उखुखेती गर्दै आएका छन् । त्यही उखु पेलेर वर्षेनी खुदो पकाएर बेच्छन् । पुस पन्ध्र र माघे संक्रान्तिमा खुदो खाने चलन पनि छ । 

अनदी चामलको लट्टे पहिला–पहिला खुदो हालेर गुलियो पारिन्थ्यो । माघे संक्रान्तिमा खुदो हालेर चिउरा खाइन्छ । त्यसैले यो मौसम उखु र खुदोको मौसम हो । बीउ रोपेको एक वर्षमा उखुको लाक्रा काट्न ठिक्क हुन्छ । लाक्रा मेसिनमा पेलेर रस निकालिन्छ र रस पकाइन्छ । 

५ घण्टा उमालेको उमाल्यै गरेपछि खुदो हुन्छ । यहाँका किसानले केही वर्ष पहिलेसम्म कोलमा उखु पेल्थे । दाइँमा जस्तै गोरुले कोल घुमाइन्थ्यो । पोखरा महानगरले डेढ लाख रुपैयाँ सहयोग गरेपछि त्यसमा केही पैसा थपेर स्थानीयले बिजुलीबाट चल्ने कोल किनेका छन् ।

मेसिनले पेलेर निकालेको रस भने दाउराको आगोमा पकाउँछन् । दुई ठाउँमा गरेर करिव २ सय रोपनीमा उखु खेती हुँदै आएको छ सिंचाईको सुविधा नभयकोले यस क्षेत्रका वासिन्दाले उखु खेती गर्न थर्न थालेको र उखु खेतीकै कारण गाँउको नाम नै ढोडबेसीँ रहन गएको धेरैको बुझाई छ । 

पहिला पहिला ढोडबेसीँका किसानले उखुबाट तयार पारेको खुदो बिक्री गर्न उत्तिकै समस्या थियो तर अहिले गाँउबाटै सबै खुदो बिक्री हुने गरेको स्थानीय काशी धमलाको भनाइ छ । 

उनले पहिला उखुको उत्पादन बढी हुने गरेको तर मूल्य नपाइने गरेको भएपनि अहिले उत्पादन कम भएको तर मूल्य राम्रो पाइरहेको बताए ।
यो वर्ष गाउँबाटै प्रतिलिटर ४ सयका दरले खुदो बिक्री भइरहेको छ । यो क्षेत्रका किसानले प्रतिवर्ष कम्तीमा १५ हजार लिटर खुदो तयार गर्दछन् । 

तर गाँउका युवाको विदेश मोह र झन्झटिलो काम अनि आम्दानीका अन्य श्रोतका कारण उखु खेतीबाट हात झिक्नेहरु बड्दै गएको स्थानीय बताउँछन् । 

स्थानीय महादेवप्रसाद धमलाले पहिला धेरै राम्रो भएको र अहिले मानिसहरु धेरै बाहिर जाने क्रमले काम गर्ने युवा जनशक्ति नहुँदा उखु उत्पादन कम हुँदै गएको बताए । उनले सरकारले कुनै राहत नदिएको गुनासो गरे ।

उत्पादन भएको उखु र त्यसबाट बनेको खुदो बिक्री गर्न किसानहरुलाई चिन्ता भने छैन । घरगाउँमा एकाध गाँज उखु भएपनि खुदो पकाएर बेच्ने गरी कास्कीका अरु गाउँमा खेती भएको छैन । 

मालेपाटन र ढोडबेसीँमात्रै एक्लो गाउँ हो । रोपेपछि वर्षमा ३ पटक गोड्नुपर्ने उखुखेती परम्परा धान्न मात्रै गर्दै आएको किसान बताउँछन् ।

khudo-sugarcane-2080-09-17 (7).jpg
khudo-sugarcane-2080-09-17 (8).jpg
khudo-sugarcane-2080-09-17 (9).jpg
khudo-sugarcane-2080-09-17 (10).jpg
khudo-sugarcane-2080-09-17 (11).jpg
khudo-sugarcane-2080-09-17 (12).jpg
khudo-sugarcane-2080-09-17 (13).jpg
khudo-sugarcane-2080-09-17 (14).jpg
khudo-sugarcane-2080-09-17 (15).jpg
khudo-sugarcane-2080-09-17 (16).jpg
khudo-sugarcane-2080-09-17 (17).jpg
khudo-sugarcane-2080-09-17 (18).jpg
khudo-sugarcane-2080-09-17 (19).jpg
khudo-sugarcane-2080-09-17 (20).jpg
khudo-sugarcane-2080-09-17 (21).jpg
khudo-sugarcane-2080-09-17 (22).jpg
khudo-sugarcane-2080-09-17 (1).jpg
khudo-sugarcane-2080-09-17 (2).jpg
khudo-sugarcane-2080-09-17 (3).jpg
khudo-sugarcane-2080-09-17 (4).jpg
khudo-sugarcane-2080-09-17 (5).jpg
khudo-sugarcane-2080-09-17 (6).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ