सम्मानित नेता भन्छन्- गठबन्धन सरकारले देशको हितमा काम गरेन
हाम्रा कुरा
प्रकाशित २०८० पुष २२ आइतबार
441
Shares
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान गठबन्धन सरकारले नेपालले आफैँ योजना बनाएर देशको विकास गर्ने अधिकार बचाउन नसकेको बताएका छन् ।
शनिवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरम बसेको सचिवालय बैठकपछि उनले यस्तो बताएका हुन् ।
उनले नेपाल जस्तो स्वतन्त्र मुलुकले अरू कुनै पनि देशको दूतावासबाट सोझै रकम ल्याउने गरीकन कुनै पनि प्रकारका परियोजना बनाउने कुरा राष्ट्र हित विपरीत भएको दाबी गरे ।
उनले छिमेकी देशले दिने अनुदान आफूहरू सहस्र स्वीकार्य तयार रहेको तर कुनै पनि देशको दूतावासबाट सोझै रकम ल्याउने सम्झौता हुनु देशको लागि नराम्रो भएको उल्लेख गरे ।