arrow

ठूलो परिमाणमा अवैध औषधिसहित बागलुङ र गोरखाका दुई युवक नियन्त्रणमा 

logo
रबिन्द्र यादव, 
प्रकाशित २०८० पुष २२ आइतबार
illegal-goods-2080-09-22.jpg

पश्चिम नवलपरासी । इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक श्यामप्रकाश यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले आइतबार बिहान ४ बजे जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ९ चण्डालचोकस्थित नेपाल–भारतको सीमा नाकाबाट बेलाटारीतर्फ आउँदै गरेको प्रदेश नं ३ ०१–००२ च ८९९६ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा उक्त कारभित्र ६ पेटी अन्दाजी मूल्य २९ लाख ४९ हजार १७ रुपैयाँ बराबरको सर्जिकल सामग्री तथा विभिन्न प्रकारका औषधिहरु नियन्त्रणमा लिएको छ । 

कारको अन्दाजी मूल्य १० लाख गरी ३९ लाख ४९ हजार १७ रुपैयाँ बराबरको सामान बेलाटारीले नियन्त्रणमा लिएर गोरखा जिल्ला गण्डकी गाउँपालिका वडा नं ४ भेडाबारी बस्ने वर्ष ३० को सुजन भन्ने विवेक पोखरेल र बागलुङ जिल्ला बडिगाड गाउँपालिका वडा नं ५ बस्ने बर्ष २९ को अभिषेक खरेलसहित आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । 

प्रहरी प्रमुख यादवले कार्यालय जिम्मेवारी सम्हालेदेखि चोरी तस्करी र आपराधिक गतिविधि घट्दो क्रममा रहेको स्थानीय बताउँछन् । 

यादवले चोरी तस्करी नियन्त्रण गर्न आफ्ना मातहतका सबै प्रहरी चौकीका प्रमुखलाई कडा निर्देशन दिएको एक प्रहरी चौकीका इन्चार्जले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ