arrow

१६ औँ पञ्चवर्षीय योजनामा सांसदहरूले दिएका सुझाव समेट्न अर्थ समितिको निर्देशन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २२ आइतबार
artha-samiti-santosh-chalise.jpg

काठमाडौँ । सांसदहरूले दिएका सुझाव आगामी १६ औँ पञ्चवर्षीय योजनामा समेट्न अर्थ समितिले राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएको छ ।

आइतबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकपश्चात् समिति सभापति सन्तोष चालिसेले योजना आयोगलाई यस्तो निर्देशन दिनुभएको हो । उनले राष्ट्रिय योजना आयोगले बनाउने हरेक योजना स्रोत सुनिश्चितका आधारमा बनाउन आवश्यक रहेको बताए । उनले स्रोत सुनिश्चित भए मात्रै योजना बनाउनुपर्ने उल्लेख गरे। 

उनले मुलुक खाद्यान्नमा आत्मनिर्भर बनाउने भनी रहँदा ५ अर्बको चामल खरिद भइरहेको बताए । उनले मुलुक खाद्यान्नमा आत्मनिर्भर बनाउनको लागि उत्पादनलाई प्रोत्साहन गर्न आवश्यक रहेको भन्दै यस्तो विषयलाई १६ औँ योजनामा समावेश गर्नुपर्ने बताए ।

उनले भने,‘राष्ट्रिय योजना आयोगले सांसदहरूले दिएका सुझावलाई आगामी १६ औँ पञ्चवर्षीय योजनामा समेट्नको लागि निर्देशन गर्छु । आयोगले योजना बनाउँदा पैसाको कुरा आउँछ । पैसा भए मात्रै योजना बनाउने हो पैसा नभए के योजना बनाउने हो । आज ५ अर्बको चामल किनेर खाइरहँदा मुलुक खाद्यान्नमा आत्मनिर्भर नभएसम्म मुलुकमा भइरहेका उत्पादनलाई प्रोत्साहन दिएर निर्यात नबढाएसम्म आर्थिक विकास हुने भएकाले यस्तो विषयलाई १६ औँ योजनामा समावेश गर्न आवश्यक छ । असाध्यै राम्रा कुराहरूमा सांसदहरूबाट सझावहरु आएका छन् । ती सुझावलाई समावेश गरेर आगामी योजना तर्जुमा होस् । यसमा हामी सबै जिम्मेवार छौं ।’

उनले समितिमा सांसदहरूले दिएका सुझावलाई समावेश गरेर आगामी १६ औँ योजना तर्जुमा गर्न निर्देशन दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ