arrow

पाँच संसदीय समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २४ मंगलबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज  पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा नेपाल विद्युत् प्राधिकरणबाट वितरित ट्रंक र डेडिकेटेड लाइनका सन्दर्भ, प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपाल र भारत सरकारबीच भएको १० हजार मेगावाट विद्युत् व्यापार सहमतिको अवस्था र महाकाली सन्धि र सो सन्धिको प्रावधानले सृजित पञ्चेश्वर जस्ता परियोजनाको हालको अवस्थाका बारेमा छलफल हुनेछ । 

साथै बिहान साढे ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विभिन्न सरोकारवाला समूहसँग विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै दिउँसो १ बजे बस्ने दिगो विकास तथा सुशासन समितिको बैठकमा सोह्रौँ पञ्चवर्षीय योजनाको सम्बन्धमा छलफल हुनेछ । 

साथै बिहान ११ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा प्रशासनिक सङ्घीयता सम्बन्धमा भए गरेका कामकारबाही, वर्तमान अवस्था र समस्या एवं चुनौती, सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको ९९ बुँदे सिफारिसमध्ये मन्त्रालयसँग सम्बन्धित सिफारिस कार्यान्वयन अवस्थाका बारेमा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ