सशस्त्रलाई हराएर पुलिसले जित्यो राष्ट्रिय भलिबलको उपाधि
हाम्रा कुरा
प्रकाशित २०८० पुष २६ बिहिबार
2.3k
Shares
सुर्खेत । राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । सुर्खेतमा भएको प्रतियोगिताको फाइनलमा साविक विजेता सशस्त्र प्रहरीको एपीएफलाई ३–१ सेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।
यसअघि नेपाल आर्मीलाई पराजित गर्दै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको थियो ।
बिहीबार भएको तेस्रो स्थानको खेलमा गण्डकीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेर तेस्रो स्थान हासिल गरेको हो ।