arrow

विकट हिगोटि गाउँका बाढी पहिरो प्रभावितले एक वर्षपछि पाए राहत

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० पुष २७ शुक्रबार
himati-gau-mugu.jpg

मुगु । मुगुको एक गाउँका जनताले बाढी प्रभावित भएको एक वर्ष पछि राहत पाएका छन् । जिल्लाको पश्चिम दिशामा अवस्थित खत्याड गाउँपालिका वडा ४ हिगोटी गाउँका स्थानीयहरूले बाढी पहिरोबाट प्रभावित भएको एक वर्षपछि गैर सरकारी क्षेत्रको सहयोगबाट राहत पाएका हुन ।

गत वर्ष असोज १७ गते देखि २३ गतेसम्म परेको पानीले बाढी र पहिरो आउँदा खेत गरामा पाकेको वालिका साथै खेत गरा बगाएर लग्दा हिगोटिका स्थानीय प्रभावित भएका थिए ।खत्याड गाउँपालिका कै विकट,गरिबी र पछाडि परेका दलित समुदायको बसोबास रहेको यो गाउँमा आजसम्म कोही कसैले राहत उपलब्ध गराएका थिएनन् ।

स्थानीय विर्ष सार्की भन्छन् हाम्रो गाउँ गाउँपालिका केन्द्र भन्दा ४ घण्टा पैदल उकालो दुरीमा पर्छ । बाढी पहिरोबाट जग्गा,अन्नबाली बगाएको सबैलाई थाहा थियो सरकारी मान्छे आएर नाम,परिवार टेपेर लगे तर राहत लिएर आएनन् तल तल सडक नजिकका लाई राहत बाडे कि हामीलाई दलित भनी वास्ता गरेनन् कि उकालो चढ्न अल्छी माने ।

हिगोटी गाउँका स्थानीयहरूले आफूलाई आजसम्म कसैले राहत नदिएको र घरमा परिवार पाल्न समस्या भएपछि प्राय घरबाट काम गरि कमाउन भारत गएको खबर पाएपछि केही व्यक्तिगत र सहयोगीहरूको लगानीमा हिगोटी गाउँका १३२ परिवारलाई आफ्नो टोलीले हालै राहत स्वरूप प्रति घर ३० केजी चामल र तेल उपलब्ध गराएको हामी नेपाल संस्थाका अध्यक्ष अनिल बानियाँले जानकारी गराए ।

बाढी प्रभावित त्यसमा पनि गरिब दलित समुदाय रहेको सिङ्गो गाउँसम्म एक वर्ष बितिसक्दा पनि सरकारी निकायबाट राहत नपुग्नु भनेको दुखद कुरा बताउँदै अध्यक्ष बानियाँले भने बाढीबाट प्रभावित गाउँलेलाई मलम पट्टि लगाउन खाद्यान्न सहयोग गर्‍यो गाउँमा गरिबिका कारण प्राय बालबालिका,जेष्ठ नागरिक र महिलाहरू न्यानो कपडा नहुँदा चिसोले पनि प्रभावित भएको पायौ दाता खोजेर सबै घरधुरीलाई पुग्ने गरि न्यानो कपडा पनि उपलब्ध गराउने सोच बनाएका छौ हेरौँ के गर्न सकिन्छ ।

तीन सन्तानकी आमा काखमा दुधे छोरा चन्द्रे राज सार्कीलाई बोकी राहतमा पाएको चामल लिँदै गरेकी माया सार्कीले भनिन् गत वर्ष बाढी पहिरोले अन्नबाली,खेत,गरा सबै बगायो एक त हामी दलितका जग्गा नै हुँदैन भएको थोरै जमिन पनि केही बाढी बगायो केही पहिरोले छोप्यो । अझै जग्गा बनाउन सकिएको छैन । अर्काको काम गर्दै आजसम्म पालिएका छौ । वर्ष दिन बित्यो राहतका नाममा आज चामल तेल पायौ । सरकारीले हामीलाई देखे न कि रु दलित भनेर वास्ता गरेन । खेतीपाती छैन लोग्ने जति भारत गइसके बालबच्चा कसरी पाल्ने घर कसरी चलाउने चिन्ता लाग्ने गरेको छ ।

सरकारी तवरबाट राहत नपाए पनि निजी तवरबाट हामी नेपालका अध्यक्ष अनिल बानियाको पहलमा राहत पाएपछि हिगोटी गाउँका स्थानीयहरू खुशी भएका छन् ।

अनिल बानिया उमेरले २७ वर्षे युवा हुन उनी युवा उमेर मै समाज सेवामा तल्लीन छन् । देश विभिन्न जिल्लामा विपतमा परेका जनतालाई केही न केही राहत लिएर पुग्दै आएका अनिल एक हप्ता अघि मात्र खत्याड गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत १ हजार बढी विद्यार्थीलाई न्यानो कपडा ज्याकेट र महिला विद्यार्थी लाई सेनेटर प्याड समेत सहयोग गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ