arrow

राष्ट्रिय सरोकार,व्यवस्थापन र शिक्षा समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ३ बुधबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार आज बिहान ११ बजे राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दै छ । 

बैठकमा सडक सुरक्षा र नागरिक अधिकारका सम्बन्धमा स्वतन्त्रता अभियान नेपालबाट भए गरेका काम कारबाहीका बारेमा छलफल हुनेछ । 

त्यस्तै बिहान साढे १० बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित कानुनी व्यवस्था (प्रत्यायोजित विधायन) र सरकारी आश्वासन सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै मध्यान्ह सवा १२ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकबारे विज्ञहरूसँग छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ