arrow

दुई सय चार बोरा प्याज काठमाडौँ लैजादै गर्दा बरामद

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ३ बुधबार
onion-illegal-siraha.jpg

सिराहा । सिराहा प्रहरीले २०४ बोरा प्याज बरामद गरेको छ। ट्रकमा लोड गरेर काठमाडौं लैजाँदै गरिएको करिब ४ लाख ८ हजार रुपैयाँ बराबरको प्याज प्रहरीले मंगलबार राति ८ बजे बरामद गरेको हो।

धनगढीमाई नगरपालिका वडा नं ९ मुसहरनियास्थित सडकखण्डबाट प्र१–०२–००१ ख ९१६९ नम्बरको ट्रकमा लोड गरिएको प्याज बरामद गरिएको सिराहाका प्रहरी नायब उपरीक्षक रविन्द्रराज पाण्डेले बताए।

यस क्रममा उदयपुर कटारी नगरपालिका ५ बस्ने चालक राजेश कटुवाल पक्राउ परेको पाण्डेले बताए । भन्सार जाँचपासको कागजात नभेटिएपछि प्याज नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्याजसहितको ट्रक राजश्व अनुसन्धान कार्यालय सुनसरीमा पठाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ