arrow

रुस पठाइदिन्छु भन्दै सात लाख ठगी गर्ने पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ५ शुक्रबार
nepal-police12.jpg

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि रुस पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा कैलालीका एकजनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा कैलाली लम्कीचुहा नगरपालिका-६ घर भई हाल काठमाडौँ कीर्तिपुर नगरपालिका-१० बस्ने २८ वर्षीय सरोज थापा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय सूचना अधिकारी तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

उपरीक्षक केसीका अनुसार पक्राउ परेका थापाले मोहन साउदलाई वैदेशिक रोजगारीका लागि रुस पठाइदिने र त्यसका लागि रु सात लाख तीस हजार लाग्ने तथा रुस पुगेपछि प्रतिष्ठित कम्पनीमा रु एक लाखमा काम लगाईदिने भन्दै विश्वास दिलाइ पीडितबाट पटक-पटक गरी जम्मा रु सात लाख तीस हजार रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

पक्राउ परेका थापालाई थप अनुसन्धान तथा कारबाहीको लागि बिहीबार वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको सूचना अधिकारी तथा प्रहरी उपरीक्षक केसीले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ