arrow

समन्वय समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ५ शुक्रबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । 

जसअनुसार बिहान ११ बजे राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दै छ । 

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरूको हालसम्मको भौतिक-वित्तीय प्रगति, समस्या र चुनौती, समस्याको कारण भावी कार्ययोजनाबारे छलफल हुनेछ । 

त्यस्तै मध्यान्ह १२ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ । 



नयाँ