arrow

तीन समितिको बैठक बस्दै, आयोगसँग विधेयकका सम्बन्धमा छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ७ आइतबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । आज कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै ।

बिहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्री-सचिव, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालसँग छलफल हुनेछ । 

त्यस्तै मध्यान्ह सवा १२ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै दिउँसो साढे १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगहरूसँग विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ