arrow

राम मन्दिरको प्राण प्रतिष्ठा

राम मन्दिरको प्राण प्रतिष्ठाअघि नेपालमा शोभायात्रा [भिडियो]

नेपालभरका पाँच हजार मन्दिरहरूमा सोमबार मध्यान्ह १२ बजेदेखि १ बजेसम्म सत्सङ्ग भजन कीर्तन गर्ने, विजय महामन्त्र जप, आरती तथा प्रसाद वितरण अनि साँझ सबै हिन्दूहरूलाई दीप उत्सव गर्न आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ७ आइतबार
rammandir-mohotari.jpg

काठमाडौँ । भारतको अयोध्यामा उद्घाटन हुन लागेको राम मन्दिरको प्राण प्रतिष्ठाको पूर्वसन्ध्यामा धनुषा, महोत्तरी लगायतका जिल्लाहरूमा सांस्कृतिक झाँकीसहितको शोभायात्रा निकालिएको छ ।

आइतबार महोत्तरीको जलेश्वर र धनुषाको जनकपुरधाममा सांस्कृतिक बाजागाजासहितको र्‍याली निकालिएको हो । र्‍यालीमा सहभागीहरूले हिन्दू धर्माबलम्वीहरुका लागि यो क्षण खुशीमय रहेको बताए । 

उनीहरूले नगर परिक्रमा गर्दै कलश यात्रासमेत गरेका छन् । भगवान् रामको जन्मस्थल मानिने भारतको अयोध्यामा भव्य राम मन्दिर बनाइएको छ ।

 नेपालभरका पाँच हजार मन्दिरहरूमा सोमबार मध्यान्ह १२ बजेदेखि १ बजेसम्म सत्सङ्ग भजन कीर्तन गर्ने, विजय महामन्त्र जप, आरती तथा प्रसाद वितरण अनि साँझ सबै हिन्दूहरूलाई दीप उत्सव गर्न आह्वान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ