arrow

२३ औँ सशस्त्र प्रहरी दिवस

सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन थप बीओपीहरु आवश्यक: महानिरीक्षक अर्याल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ९ मंगलबार
raju-aryal-apf.jpg

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन थप बीओपीहरु आवश्यक रहेको बताएका छन् । मंगलबार २३ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा हलचोकमा भएको समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले यस्तो बताएका हुन् । उनले राज्यको चिनारी उक्त राज्यको सीमामा निहित हुने भन्दै सशस्त्र प्रहरीले राज्यको सीमा रक्षार्थ बोर्डर आउट लेटको स्थापना गरी कार्य सञ्चालन गरिरहेको बताए । 

उनले सीमा सुरक्षालाई प्रभावकारी बनाउन थप बीओपीहरु, अत्याधुनिक उपकरणहरू र थप जनशक्ति अपरिहार्य रहेको उल्लेख गरे । उनले सीमा सुरक्षा समकक्षी सुरक्षा निकायहरूसँग नियमित बैठक आयोजना गरी सौहार्द्रपूर्ण सम्बन्धकारसाथ समन्वय र सहकार्य गरिरहेको बताए । उनले राज्यको सीमा सुरक्षा पहराले मात्रै बलियो नहुने भन्दै सीमा क्षेत्रका नागरिकको मन र विश्वास जितेर परिचालित हुनसके मात्रै प्रभावकारी हुने बताए। 

उनले सशस्त्र प्रहरीले यो वर्ष सीमा जोडिएका ६ स्थानमा २२५ जनप्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको बताए । अर्यालले सीमा क्षेत्रका नागरिकको हितका लागि सीमा इलाका विकास योजना अवधारणा अनुसार नवीन कार्यक्रमहरु सुरुवात गरिएको बताए । उनले उक्त कार्यक्रमलाई नेपाल सरकारबाट नीतिगत रूपमा निरन्तरताको घोषणासँगै बेओपीमार्फत सीमा इलाकामा विकासहरू कल्याणकारी कार्यहरू गर्न आवश्यक रहेको बताए ।

उनले भने,‘कुनै पनि सार्वभौम राज्यको चिनारी उक्त राज्यको सीमामा निहित हुन्छ । हामी राज्यको सीमा रक्षार्थ बोर्डर आउट लेटको स्थापना गरी कार्य सञ्चालन गरिरहेका छौं । सशस्त्र प्रहरीको अध्ययनले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन थप बीओपीहरु आवश्यक रहेको देखाउँछ । यसको लागि अत्याधुनिक केही उपकरणहरू थप जनशक्तिको अपरिहार्यता छ । साथै सीमा सुरक्षा समकक्षी सुरक्षा निकायहरूसँग नियमित बैठक आयोजना गरी सौहद्र्रपूर्ण सम्बन्धका साथ समन्वय र सहकार्य भइरहेको छ । राज्यको सीमा सुरक्षा पहराले मात्रै बलियो हुँदैन । सीमा क्षेत्रका नागरिकको मन र विश्वास जिती परिचालित हुनसके मात्रै प्रभावकारी हुन्छ भन्ने निष्कर्ष छ । यो वर्ष सीमा जोडिएका ६ स्थानमा २२५ जनप्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छौं । सीमा क्षेत्रका नागरिकको हितका लागि सीमा इलाका विकास योजना अवधारणाअनुसार नवीन कार्यक्रमहरु सुरुवात गरेका छौं । यसलाई नेपाल सरकारबाट नीतिगत रूपमा निरन्तरताको घोषणासँगै बेओपीमार्फत सीमा इलाकामा विकासहरू कल्याणकारी कार्यहरू गर्न सकिन्छ भन्ने संङगठन आशावादी छ । कल्याणकारी सेवामार्फत यसै वर्ष सीमा इलाकामा बसोबास गर्ने आदिवासी,जनजाति,दलित र अल्पसङ्ख्यक समुदायका छात्र÷छात्रामध्ये सामुदायिक विद्यालयबाट एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने १५ जनालाई वार्षिक १२ हजारका दरले शैक्षिक वृद्धि र दुई जनालाई कक्षा १० सम्म निःशुल्क अध्ययनको व्यवस्था र प्रदेशस्तरिय स्वास्थ्य शिविर गरिने छ । सीमा क्षेत्रका जिल्लामा बसोबास गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई वार्षिक ४ प्रतिशत ब्याजदरमा न्यूनतम ५ देखि १० लाखसम्म सहुलियत आवास कर्जा उपलब्ध गराउनेछौँ ।’

उनले कल्याणकारी सेवामार्फत यसै वर्ष सीमा इलाकामा बसोबास गर्ने आदिवासी,जनजाति,दलित र अल्पसङ्ख्यक समुदायका छात्र÷छात्रामध्ये सामुदायिक विद्यालयबाट एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने १५ जनालाई वार्षिक १२ हजारका दरले शैक्षिक वृद्धि र दुई जनालाई कक्षा १० सम्म निःशुल्क अध्ययनको व्यवस्था गरिने बताए । 

उनले सीमा क्षेत्रका जिल्लामा बसोबास गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई वार्षिक ४ प्रतिशत ब्याजदरमा न्यूनतम ५ देखि १० लाखसम्म सहुलियत आवास कर्जा उपलब्ध गराउने प्रतिबद्धता जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ