arrow

कानून र सुशासन समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १४ आइतबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । आज कानून, न्याय तथा मानव अधिकार समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । 

जसअनुसार बिहान साढे ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । 

बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित संशोधन प्रस्तावकर्ता माननीय सदस्यहरूसँग छलफल हुनेछ । 

त्यस्तै दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ ।



नयाँ