arrow

एसको केन्द्रीय परिषद् बैठक

यो निर्वाचनमा एमाले शून्य हुनबाट जोगियो : माधव नेपाल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १४ आइतबार
madhav-nepal-meet.jpg

काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनभित्र उलटफेर ल्याउने एमालेको प्रयासलाई आफूहरूले असफल बनाएको दाबी गरेका छन् । सत्तारुढ दल भित्रै सहकार्य गरेर आफ्नो पार्टीलाई कमजोर बनाउने एमालेको प्रयासलाई आफूहरूले असफल बनाएपछि राष्ट्रिय सभा निर्वाचनमा पनि एमाले असफल भएको उनको जिकिर थियो । 

आइतबारबाट काठमाडौँमा शुरु भएको पार्टीको केन्द्रीय परिषद्को दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सत्तारुढ दलहरू एकजुट भएर अघि बढ्दा पनि कोशी प्रदेशमा सत्तारुढ दलकै भोट क्रस भएर एमालेले एक सिट जित हासिल गरेको विषय अहिले सत्तारुढ दलभित्र र बाहिर पनि छलफलको विषय बनेको बताए । उनले राष्ट्रिय सभाको निर्वाचनमा पनि एमालेले आफ्नो पार्टीलाई कमजोर बनाउने प्रयास गरेको आरोप समेत लगाए ।

अध्यक्ष नेपालले भने, ‘राष्ट्रियसभाको निर्वाचन यसै बीचमा यही माघ ११ गते सम्पन्न भएको छ । राष्ट्रिय सभाको १९ पदमा भएको निर्वाचनमा सत्तारुढ दलको गठबन्धनले आपसी समझदारीमा भागबन्डा गरेका थिए । तर कोशी प्रदेशमा महिला कलष्टरमा गठबन्धनको भोट क्रस भएर सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) को प्रतिनिधिलाई हराउँदै नेकपा एमालेका प्रतिनिधि निर्वाचित भएर जित हासिल गरेको स्थिति छ । नेकपा एमालेले गठबन्धनमा रहेका दलहरूसँग सहकार्य गर्ने र गठबन्धनलाई कमजोर बनाउने नीति लिएको थियो । राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनसँग सहकार्यका लागि एमालेले वार्ता, छलफल र संवाद ग¥यो पनि । वास्तवमा यो सबै भनेको हाम्रो पार्टीको विरुद्धमा नै लक्षित थियो । यस अर्थमा पनि त्यो सहमति सफल हुन सकेन । सत्तारुढ दलहरू एकजुट भएर उभिइसकेपछि नेकपा एमालेको हामीलाई कमजोर बनाउने प्रयत्न असफल भयो । यस्तो अवस्थामा नेकपा एमालेले राप्रपासँग गठबन्धन गर्न पुग्यो । यस स्थितिमा कोशी प्रदेशमा एक सिट जितेर यो निर्वाचनमा एमाले शून्य हुनबाट जोगिएको छ । राष्ट्रिय सभाको निर्वाचनको परिणामले सत्ता गठबन्धनमा उलटफेर हुने अवस्था नरहे पनि भोट क्रससङको विषयले गठबन्धनका दलहरू मात्रै होइन । हरेक दलभित्र यो छलफलको विषय बन्न पुगेको छ । यस पटकको राष्ट्रियसभाको निर्वाचनको परिणामले राष्ट्रियसभाको राजनीतिक शक्ति सन्तुलनमा हेरफेर ल्याएको छ ।’

अध्यक्ष नेपालले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने दिशामा आफ्नो पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने दाबी समेत गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ