arrow

मुगुको बेथा

आमालाई भाइरल ज्वरोले लग्यो, चार महिने शिशुसहित तीन बालबच्चाको बिचल्ली

पालिकाभर सयौँ बिरामी, तीनै तहका सरकार बेखबर

logo
नृपेन्द्रबहादुर मल्ल,  
प्रकाशित २०८० माघ १४ आइतबार
orphan-children-mugu.jpg
तस्बिर–दूधे बालकलाई दूध चुसाउँँदै छिमेकी ।

मुगु । मुगुको सोरु गाँउपालिका–६, पुरुमुरु गाउँकी २४ वर्षिया आमाको मृत्यु भएपछि उनका बालबच्चाको बिचल्ली भएको छ। गाउँमा फैलिएको सिजनल भाइरल ज्वरोको प्रकोपले गत साता २४ वर्षीया कुसुम ढोलीको ज्यान लियो। 

आमा बितेपछि कलिला छोराछोरीको भविष्य अन्धकारमा धकेलिएको छ । उनका एक छोरा र दुई छोरी थिए । उनकी कान्छी छोरी रजना ढोली भर्खरै ४ महिनामा लागिन् । 

वर्षका आधा दिन भारत गएर मजदूरी गरेर ल्याएर जिउने ढोली परिवार अहिले महाविपत्तिमा फसेको छ। श्रीमतीको मृत्युपछि शोकमा डुबेका उनका श्रीमान् अझैसम्म अर्ध बेहोसीमै छन् । 

उनी केही बोलेनन् । ‘अरूलाई त बनिबुतो गरेर हुर्काउँला, त्यो अन्न खानै नथालेको ४ महिनाको बच्चालाई के खुवाएर बचाउने भनेर सोच्न सकेको छैन’ कुसुमका ससुरा सलबहादुर ढोलीले भने ।

सलबहादुर आफैँ पनि बिरामी छन् । उनका भाइबुहारी पनि ज्वरोले थलिएका छन् । रोग र शोक एकैपटक झेलिरहेको परिवारलाई पोषिलो आहार र उपचारको खाँचो छ । 

परिवारमा बिहान बेलुकाको दुई छाक जुटाउनसमेत कठिन हुने स्थितिमा गुज्रिरहेको छ।

‘‘घरमा दुई छाक टार्नै धौ–धौ छ। मजदूरी गरेर खान्थ्यौँ’, सलबहादुरले भने, ‘अहिले रोग र भोकको विपत्ति एकैपटक आयो, ठूलाले जे खाए पनि हुने रहेछ, यी कलिला बालबच्चालाई के खुवाएर बचाऔँ ?’ 

घर खर्च जोहो गर्न घरमा श्रीमती र सुत्केरी बुहारीलाई छोडेर गत मंसिरमा सलबहादुर छोरालाई लिएर मजदूरी गर्न भारत पुगेका थिए । तर दुई महिना नबित्दै घरमा विपत्ति आइलाग्यो । 

‘सबै जना बिरामी परेको खबर पाएपछि घर फर्कियौँ । घर आइपुग्दा बुहारीको मृत्यु भैसकेको रहेछ । गाउँभरि नै भाइरल ज्वरोको प्रकोप छ ।‘घरैभरि बिरामी छन् । मान्छेको बिचल्ली छ’, सलबहादुरले भने, ‘वल्लोघर पल्लोघरका नानीहरुले दूध खुवाएर त्यो बच्चालाई बचाएका आजसम्म बचाएका छौँ । अब कसरी पाल्ने, कसलाई भनौँ ? कसरी कहाँ भनौ ?’

ढोली परिवारलाई परेको विपत्तिमा वडा, गाउँपालिका वा कुनै पनि सरकारी निकायको नजर परेको छैन । झण्डै एक महिनासम्म निरन्तर ज्वरो आउने, रुघाखोकी, श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने, नाकमुख सुख्खा हुने जस्ता लक्षण देखिएर बिरामी परेकी कुसुमको गत साता जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । 

भाइरल ज्वरो फैलिँदा गाउँमा कुसुमसहित अन्य दुई जनाकोसमेत मृत्यु भएको छ भने अहिले पालिकाभर सयौँ जना बिरामी छन् । 

सन्चारकर्मी अच्युतराज भण्डारी आमाको मृत्युपछि ४ महिने शिशु सहित ३ बालबच्चाको बिचल्ली परेकोबारे जानकारी गराउदै पालन पोषण र शिक्षाको लागि एसोएस बालग्राम सुर्खेत शाखाका कोअर्डिनेटर गोपाल घिमिरेसँग कुरा गर्दा २०७८ देखि बालबालिका ऐन नै परिवर्तन भएको र  आमा बाबु नभएको ८ वर्ष मुनिका बालबालिका मात्रै  लिन मिल्ने आमा या बाबु एउटा जिवित भएपछि लिन नमिल्ने कानूनी व्यवस्था भएकाले सहयोग गर्न नसक्ने जनाएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ