arrow

नेतासँगको सम्बन्ध रहेको भनी सर्वसाधारणलाई ठगी गर्ने पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १५ सोमबार
nepal-police12.jpg

काठमाडौँ । केन्द्रीय विद्यालयमा पढाउन मिलाइ दिन्छु भन्दै रु दुई लाख ठगी गरेको अभियोगमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका भङ्गाल बस्ने सप्तरी शम्भुनाथ नगरपालिका–२ कचनदाहा घर भएका ४० वर्षीय श्रीकान्त राउतलाई प्रहरीले पक्राउ गरेको छ । 

राउतले केन्द्रीय विद्यालयमा पढाउन मिलाइदिन्छु भन्दै एक जनाबाट उक्त रकम ठगी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

राउतले विभिन्न राजनीतिक नेतृत्वसँगै देशी विदेशी शक्ति केन्द्रका प्रभावशाली व्यक्तित्वसँग नजिकको सम्बन्ध रहेको भनी सर्वसाधारणलाई विभिन्न बहाना बनाई ठगी गर्ने गरेकोसमेत खुल्न आएको छ ।

 उनीउपर जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप भई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ