arrow

न्यायाधीश गिरीको वैवाहिक बलात्कार मुद्दामा मिसिल झिकाउने आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १७ बुधबार
bhuwan-giri-judge-rape-wife.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कार मुद्दामा उच्च अदालत पाटनले गरेको आदेशको मिसिल झिकाउने आदेश गरेको छ ।
 
कायममुकाम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले बुधबार उक्त मुद्दामा मिसिल झिकाउने आदेश गरेको हो । 

रुपन्देही जिल्ला अदालतका तत्कालीन न्यायाधीश भुवन गिरीविरुद्ध वैवाहिक बलात्कार मुद्दामा उच्च अदालतबाट थुनामा राख्नु नपर्ने आदेश भएको थियो ।
 
उक्त विवादमा काठमाडौँ जिल्ला अदालतमा दायर भएको बलात्कारको मुद्दामा गिरीलाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो । सोही आदेशविरुद्ध निजकी श्रीमतीले उच्च अदालत पाटनमा निवेदन दायर गरेकी थिइन् । 
 
उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतकै आदेश सदर गरेपछि गिरीकी श्रीमती सर्वोच्च अदालतमा पुगेकी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ