एजेन्सी । करण जौहरको टक शो 'कफी विद करण' मा अक्षय कुमार र ट्विंकल खन्नाले आफ्नो व्यक्तिगत र व्यवसायिक जीवन बारेमा खुलेरै बताएका छन् । सो क्रममा ट्विंकलले आफ्नो आमा डिम्पल कपाडियाले अक्षयसँग राखेको प्रस्ताव बारे बताएकी छन् ।
'कफी विद करण' मा अक्षय कुमार श्रीमतिका भन्दा निकै शान्त देखिए । पूरै शोमा ट्विंकल नै बोलि रहिन् अक्षय चुपचाप बसेर कफी पिइरहे । सो क्रममा ट्विंकलले भनिन् उनकी आमा डिम्पल अक्षयलाई गे (तेस्रो लिङ्गि) सोचथिइन् । सोहि कारण डिम्पल ट्विंकल र अक्षयको विवाह नहोस भन्ने चाहान्थिइन् ।
ट्विंकलले भनिन् , 'अक्षयले मलाई प्रपोज गरेका थिए । मैले हुन्छ भने , तब उनि मेरो आमासँग हात माग्न आए । जब मैले अक्षयसँग विवाह गर्ने बताए ,तब वहाँले अचम्म मान्नु भयो । मेरा एकजना पत्रकार मित्र सन्दिपले मलाई अक्षय गे रहेको बताएका थिए । तर मलाई यस कुरामा सत्यता लागेको थिएन। मैले यो कुरा आमासँग शेयर पनि गरेको थिए । त्यसैले आमाले भन्नुभयो अक्षय र म एक बर्ष सम्मसँगै बस्नु पर्नेछ , त्यसपछि के गर्ने त्यसको निर्णय हुनेछ । हामिले एक बर्ष सँगै बितायौ त्यसपछि हाम्रो बिवाह भयो ।'