arrow

सुरक्षण मुद्रणको काम नेपालमै गर्न सके राजश्वको ठूलो हिस्सा बाहिर जाँदैन: मन्त्री शर्मा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १८ बिहिबार
rekha-samiti.jpg

काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुरक्षण मुद्रणको काम नेपालभित्रै गर्न सके राजश्वको ठुलो हिस्सा बाहिर जानबाट रोकिने बताएका छन् । 

बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा भएको छलफलमा बोल्दै मन्त्री शर्माले नेपालभित्रै सुरक्षण मुद्रणका काम गर्दा राजस्वको ठुलो हिस्सा बाहिर जानबाट रोकिने बताएका हुन् । 

उनले सुरक्षण मुद्रणका कामहरू संवेदनशील भएको भन्दै राष्ट्रिय सुरक्षाको लागि पनि नेपाल भित्रै गर्नुपर्ने बताए । उनले सुरक्षण मुद्रणको विषय गठन आदेशको आधारमा चल्दै आएको उल्लेख गर्दै कानून बनेपछि गठन आदेश खारेज हुने र कानून अनुरूप चल्ने बताए ।

उनले भने – ‘सुरक्षण मुद्रणजस्तो महत्त्वपूर्ण विषय गठन आदेशको हिसाबमा चलाउँदै आएका थियौँ । यो कानून बनिसकेपछि त्यो गठन आदेश खारेज हुने र कानुनतः अगाडी बढ्ने सन्दर्भमा सुरक्षण मुद्रणलाई व्यवस्थित ढङ्गले यसका कामहरू अगाडी बढ्छन् । सुरक्षण मुद्रणका कामहरू संवेदनशील कामहरू पनि हुन् । ती संवेदनशील कामहरू हाम्रो देशभित्रै छपाई गर्न थाल्यौँ भने देशको ठुलो हिस्साको राजश्व बाहिर जानबाट बच्छ । र हाम्रो आफ्नो राष्ट्रिय सुरक्षाका हिसाबले पनि यो धेरै महत्त्वपूर्ण हुन्छ भन्ने लागेको छ । नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, बैङ्क नोट, भिसा स्ट्रिकर, हुलाक टिकट, अन्य शुल्क स्ट्रिकर, सवारी चालक अनुमति पत्र, जग्गा धनी दर्ता प्रमाण पुर्जा, डिजिटल नक्सा लगायत नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी मुद्रण सम्बन्धी सामग्रीहरू प्रकाशन गर्ने भनेर तोकेर यो विधेयक अगाडी बढाएका छौँ ।’

उनले नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, बैङ्क नोट, भिसा स्ट्रिकर, हुलाक टिकट र अन्य शुल्क स्ट्रिकर प्रकाशन गर्ने गरी विधेयक अगाडि बढाइएको बताए । त्यस्तै सवारी चालक अनुमति पत्र, जग्गा धनी दर्ता प्रमाण पुर्जा, डिजिटल नक्सालगायत नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी मुद्रण सम्बन्धी सामग्रीहरू प्रकाशन गर्ने तोकेर विधेयक अगाडी बढाएको स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ