arrow

तीन संसदीय समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २८ आइतबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ। आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान १० बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । 

बैठकमा अध्यागमनमा देखिएको समस्या, मानव तस्करी र गृह मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै दिउँसो १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा गौतमबद्धको अस्तिधातु समाधिस्त गरिएको रामग्राम क्षेत्रमा उत्खनन तथा बौद्ध स्तुपा निर्माण लगायतका विषयमा लुम्बिनी विकास कोष र द प्रमिसड ल्यान्ड प्रा.लि.बीच भएको समझदारी सम्बन्धमा छलफल हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ