arrow

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीले दिए बधाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २९ सोमबार
nepal-canada-2024-02-12-fin.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । नेपालले क्यानडा विरुद्धको एकदिवसीय शृङ्खला ‘क्लिनस्विप’ गरेपछि उनले टोलीलाई बधाई दिएका हुन् । 

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत तेस्रो खेलमासमेत उत्कृष्ट जित हात पार्दै क्यानडा विरुद्धको एक दिवसीय क्रिकेट शृङ्खलामा क्लिनस्विप गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका हुन् । 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको क्यानडा विरुद्धको शृङ्खलाको अन्तिम खेलमा नेपाल ९ विकेटले विजयी भएको छ । 

यसअघि दोस्रो खेलमा ३ विकेटले र पहिलो खेलमा ७ रनले नेपाल विजयी भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ