arrow

माओवादीबाट अध्यक्ष र कांग्रेसबाट उपाध्यक्ष रहेको खत्याडले मंगलबार दियो सार्वजनिक बिदा

logo
नृपेन्द्रबहादुर मल्ल, 
प्रकाशित २०८० माघ २९ सोमबार
Khatyad_Gaunpalika.png

मुगु । सर्वोच्च अदालतको आदेशले गृह मन्त्रालयले फागुन १ गते मंगलबार जनयुद्ध  दिवसको नाममा  सार्वजनिक बिदा नभएको प्रष्ट पारिरहेको बेला मुगुको खत्याड गाउँपालिकाले गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

खत्याड गाउँपालिकाका कार्यबाहक अध्यक्ष भरतबहादुर शाहीद्धारा हस्ताक्षरित सूचनामा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको जगमा रहेको महान् जनयुद्ध   शुरु भएको २०५२ फागुन १ गते स्मरण गर्दै २०८० फागुन १ गते खत्याड गाउँपालिकामा सार्वजनिक बिदा दिने भनी सूचना प्रकाशित गरेको हो ।

गाउँपालिका काबा अध्यक्ष  शाहीद्धारा हस्ताक्षरित  सूचनामा  २०५२ फागुन १ गतेबाट शुरु भएको जनयुद्धको स्मरणमा खत्याड गाउँपालिका अन्तर्गतका सबै  सरकारी तथा गैरसरकारी संघ सस्था, स्वास्थ्य संस्था, संस्थागत तथा निजी विद्यालयलाई उक्त दिन सार्वजनिक बिदा दिने भनिएको छ ।

यो गाउँपालिकामा माओवादी केन्द्रका अजबहादुर शाही अध्यक्ष र नेपाली कांग्रेसकी सरिता रोकाया उपाध्यक्ष रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ