arrow

माओवादी विधान अधिवेशन

राजा र तिनका भरौटेहरू गणतन्त्रविरुद्ध दुस्साहसपूर्ण गतिविधि गर्ने जमर्को गर्दै छन् : प्रचण्ड [भिडियो]

जनयुद्धमा सहभागी नेता-कार्यकर्ता एक हौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १ मंगलबार
prachanda-jandiwas.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले राजा र तिनका भरौटेहरू गणतन्त्रविरुद्ध दुशाहसपूर्ण ढङ्गका गतिविधि गर्ने जमर्को गरिरहेका बताएका छन् । मङ्गलवारबाट काठमाडौँमा शुरु भएको पार्टीको विधान अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले हिजोका राजा महाराजा र तिनका भरौटे बाहिर गणतन्त्रका विरुद्ध सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध दुशाहसपूर्ण ढङ्गका गतिविधि गर्ने जमर्को गर्दै गरेको बताए । त्यसै कारण पनि जनयुद्धमा सहभागी नेता कार्यकर्ताहरू एउटै केन्द्रमा एकताबद्ध हुनुको विकल्प नरहेको उनले बताए। 

उनले सच्चा कम्युनिस्टहरू एकताबद्ध हुन जति ढिलो हुन्छ त्यति नै धेरै अहिलेको राजनीति परिवर्तनमा घाटा हुने बताए । उनले आफूबाट भएका कमी, कमजोरीलाई आत्मालोचना र समीक्षा गरेर अघि बढ्न जरुरी रहेको बताए । उनले कम्युनिष्टहरुले आँट गर्दा र एक हुँदा समाजवादी क्रान्तिको नयाँ लहर सृष्टि गर्न सकिने जिकिर गरे । उनले क्रान्ति र क्रान्तिकारी परिवर्तनलाई अपमानित गर्नेहरूको प्रतिवाद गर्न आवश्यक रहेको बताए । प्रचण्डले सामाजिक रूपान्तरण र क्रान्तिका निम्ति बलिदान गर्ने योद्धाहरूलाई अपमान गर्ने छुट कसैलाई नरहेको बताए ।

उनले भने, ‘आज हामी यो २९ औँ दिवस मनाउँदै गर्दा हामीले आज यो राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको हलमा बसेर जनयुद्ध दिवस मनाउँदै छौँ । अर्कोतिर हिजोका राजा महाराजा र तिनका भरौटे भन्छु म । तिनीहरू बाहिर गणतन्त्रका विरुद्ध सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध दुशाहसपूर्ण ढङ्गका गतिविधि गर्ने जमर्को गर्दै छन् । हामी ठिक त्यस्तो बेलामा जनयुद्धको यो २९ औँ दिवस मनाउँदै छौँ । एक पटक फेरि हामी जाग्नुपर्ने, एक पटक एकताबद्ध हुनुपर्ने र दृढताकासाथ यसलाई अपमानित गर्न खोज्ने ती महिला, दलित, जसले जनयुद्धमा अभूतपूर्व इतिहास कायम गरे । रेकर्ड बनाए । र अहिले समावेशी र समानुपातिकताको एउटा चरणको पहिचान र अभ्यास गर्दै छन् । हामीले एउटा नयाँ सङ्कल्प लिनुछ । त्यो दुःशाहस गर्नेका विरुद्ध प्रतिवाद गर्नु छ । उनीहरूलाई त्यो छुट छैन । सचेत रूपले सामाजिक रूपान्तरण र क्रान्तिका निम्ति बलिदान गर्ने योद्धाहरूलाई अपमान गर्ने तिनीहरूलाई कुनै अधिकार छैन । त्यो घोषणा हामीले गर्नु छ । हामी एक भएर जाँदा त्यसलाई रोक्न सकिन्छ । हामीलाई पहिला पनि सखाप पार्न खोजेका थिए, भएनौँ । अहिले हामीलाई जसरी आरोपित गर्ने एउटा भाष्य बनाउन खोजिएको छ, क्रान्ति र क्रान्तिकारी परिवर्तनलाई अपमानित गर्ने त्यसको प्रतिवाद गर्नपर्छ । आजको दिन माओवादी जनयुद्धका सहभागी सम्पूर्ण नेता कार्यकर्ताहरूलाई अब ढिलो नगरी हामी एउटै मोर्चा र केन्द्रमा एकताबद्ध हुन अपिल गर्दछु । ढिलो नगरौँ । जति ढिलो गर्यौँ त्यति ठुलो क्षति र यो राजनीति परिवर्तनको त्यति ठुलो घाटा हुनसक्छ । त्यस कारण आउनुस्, बसौँ । समीक्षा गरौँ । कहाँ कमी भए, खुला कम्युनिष्ट मनले आत्मालोचना गरौँ । हामीले आँट गर्दा र एक हुँदा समाजवादी क्रान्तिको एउटा नयाँ लहर सृष्टि गर्न सकिन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ