arrow

छायाँनाथको आफ्नै लोगो 

logo
नृपेन्द्रबहादुर मल्ल, 
प्रकाशित २०८० फागुन १ मंगलबार
chayanath-nagarpalika-logo-.jpg

मुगु । मुगुको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले आफ्नै पहिचान झल्किने लोगो निर्माण गरेको छ । स्थानीय सरकारले आफ्नै पहिचान झल्किने गरी प्रतीक चिन्ह लोगो प्रयोग गर्न पाउने व्यवस्था अनुसार छायाँनाथ रारा नगरपालिकाले आफ्नै पहिचान झल्किने प्रतीक चिन्ह लोगो निर्माण गरेको हो ।

छायाँनाथ रारा नगरपालिकाको पर्यटन, पहिचान ऐतिहासिक जनजीवन, भूगोल सांस्कृतिक पहिचान झल्किने गरी प्रतीक चिन्ह लागो निर्माण गरेर सञ्चालनमा ल्याएको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।

छायाँनाथ रारा नगरपालिका कार्यपालिकाको गत माघ २४ गते बसेको बैठकले स्थानीय सरकार संचालन ऐनले दिएको अधिकार प्रयोग गर्दै आफ्नै पहिचान झल्किने गरी नगरपालिकाले पनि आफ्नै पहिचान झल्किने लोगो निर्माण गर्ने नगर कार्यपालिकाले निर्णय गरेको थियो ।

 सोही अनुसार छायाँनाथको पहिचान झल्किने गरी नगरपालिका भित्र रहेका पर्यटकीय क्षेत्र नेपालको सबैभन्दा ठूलो ताल रारा ताल, चंखेली हिमाल, छायाँनाथ मन्दिर र धानका बाला, नगरपालिकाको नक्सा, नेपालको नक्सा, राष्ट्रिय झण्डा लगायतका पर्यटकीय क्षेत्र समावेश गरेर नगरपालिकाको लोगो निर्माण गरेको छायाँनाथ रारा नगरपालिका नगर प्रमुख विष्णुकुमार भामले जानकारी गराए । 

उनका अनुसार बुधबारदेखि नेपाल सरकारको लोगो र स्थानीय सरकार छायाँनाथ रारा नगरपालिकाको लोगो सहितको लेटहेड पनि सञ्चालनमा ल्याइने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ