arrow

खाद्य स्वच्छता तथा गुणस्तर विधेयक समितिबाट पारित [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ४ शुक्रबार
krishi-samiti-2080-11-04.jpg

काठमाडौँ । खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संशोधन एकीकरण गर्न बनेको विधेयक,२०७७ कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट पारित भएको छ । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार बसेको बैठकले उक्त विधेयक पारित गरेको हो । 

समिति सभापति आरजु राणाले विभिन्न सरोकारवाला र कृषि,कानून र उद्योग मन्त्रीहरूसँगको पटक–पटकको छलफल गरी आवश्यक संशोधनसहित पारित गरिएको बताइन् । उनले राष्ट्रिय सभाबाट पारित भएर आवश्यक ऐन संशोधनको लागि समितिमा आएको विधेयक समिति सदस्य वीरबहादुर बलायरको संयोजकत्वमा उपसमिति समेत बनाएर लामो छलफलपछि शुक्रबार पारित गरिएको बताइन् । 

उनले मानव स्वास्थ्यको सुरक्षा तथा उपभोक्ता हित संरक्षणको लागि खाद्य शृङ्खलाका सबै चरणमा वैज्ञानिक तथ्यका आधारमा खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण र त्यसको नियमनको व्यवस्था गर्ने गरी खाद्य स्वच्छता सम्बन्धी विधेयक पारित गरिएको बताइन् ।

उनले भनिन्,‘खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक कृषि समितिबाट पास भयो । २०७७ सालदेखि माथिल्लो सदनमाबाट उत्पन्न भएको विधेयक त्यहाँ धेरै छलफल भयो । संशोधनको लागि समितिमा आएको थियो । समितिमा पटक–पटक कृषि ,कानून,उद्योग मन्त्रीहरूसँगको छलफल भयो । उपसमिति समेत बनाएर छलफल गर्‍यौँ । वीरबहादुर बलायर संयोजक बनाएर धेरै छलफल गर्‍यौँ । सरोकारवालाहरूसँग समेत छलफल गरेर नेपालको खाद्यान्न सुरक्षा सम्बन्धी विधेयक पास गरेका छौं । अब यो संसद्मा जान्छ ।’

उनले समितिबाट पारित भएको विधेयक अब संसद्मा पेस हुने बताएन् । संसद्मा पेस भएर उक्त विधेयक पारित भएर कानून बनेसँगै सम्पूर्ण खाद्य शृङ्खलामा खाद्य स्वच्छता कायम गर्न सकिने अपेक्षा रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ