arrow

कानून समितिले क्यालेन्डर बनाएरै काम गर्ने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ११ शुक्रबार
kanun-samiti-bimala.jpg

काठमाडौँ ।  प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिले पनि क्यालेन्डर बनाएर आफ्नो कामलाई अघि बढाउने भएको छ ।शुक्रबार सिंहदरबारमा बसेको बैठकमा समितिकी सभापति विमला सुवेदीले क्यालेन्डर बनाएरै समितिको कामलाई व्यवस्थित र प्रभावकारी बनाएर लैजाने बताएकी हुन् । 

उनले सङ्घीय संसद्ले पनि क्यालेन्डर बनाएर आफ्नो कामलाई अघि बढाएकाले समितिले पनि त्यसैअनुसार अघि बढ्न कुनै समस्या नहुने स्पष्ट पारिन् । सभापति सुदेवीले समितिले आफ्नो कार्यक्षेत्र भित्रका विविध विषयहरूमा पनि छलफललाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् । विगतमा विधेयक केन्द्रित विषयहरूले मात्रै प्राथमिकता पाएको र अब भने कार्य क्षेत्र भित्रका अन्य विषयमा पनि छलफललाई अघि बढाउने उनको प्रस्टीकरण थियो ।

सभापति सुदेवीले भनिन्,  ‘विधेयकबाहेक हाम्रो अरू कार्यक्षेत्रको बारेमा काम गर्नु¥यो भन्ने विषय माननीयज्युहरुले पहिला पनि उठाउनुभएको थियो । र अहिले पनि उठाउनु भएको छ, जोडदार ढङ्गले उठाउनुभएको छ । र, म के भन्न चाहन्छु भने–हामीले विधेयकमै केन्द्रित भएर काम गरिराखेको हुनाले अरू विषयमा हामी केन्द्रित हुन नपाएका हौँ भन्ने कुरा यहाँहरूलाई जानकारी नै छ । र हाम्रो यो बीचमा अलिकति ग्याप भयो । त्यो पनि विभिन्न पार्टीको अधिवेशन, महासमिति बैठकलगायतका विविध कारणले हाम्रो बैठकमा बीचमा ग्याप हुन गएको हो । त्यो कुरा पनि यहाँहरूलाई अवगत नै छ । र, त्यस कारणले आगामी बैठकहरू क्यालेन्डरका विषयहरू पनि माननीयज्युहरुले गरेका छन्  । र हामीले कामै गर्ने हो, हामी क्यालेन्डर बनाएर अगाडि बढ्दा हामीलाई केही समस्या हुन्न । त्यस कारणले गर्दा अव संसद्ले पनि आफ्नो क्यालेन्डर बनाई सकेको स्थितिमा हामीले पनि कामलाई व्यवस्थित गरेर जानेछौँ । र हाम्रो कार्य क्षेत्र भित्र रहेका विविध विषयहरूमा पनि जाने कुरा म यहाँ राख्न चाहन्छु ।’

बैठकमा समितिका सदस्यहरूले बैठकलाई निरन्तरता दिने काम समेत नगरेको भन्दै सभापति सुवेदीको आलोचना गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ