arrow

द्रूतमार्गको सुस्त तयारी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १२ शनिबार
fast-track-tunnel-2080-(15).jpg

काठमाडौँ । २०७४ साल जेठ १४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरेको काठमाडौँ–तराई द्रूतमार्ग आजसम्म पूरा हुन सकेको छैन । सात वर्ष हुन लागिसक्यो । विदेशी कम्पनीलाई ठेक्का नदिइ नेपाल सरकार आफैँले बनाउने जिम्मा नेपाली सेनालाई दिएको थियो । 

ललितपुरको खोकनाबाट शुरु भई काठमाडौँ, मकवानपुर हुँदै बारा जोडिने गरी सडक ७६.२ किलोमिटरको रहनेछ । द्रूत मार्ग निर्माणपछि निजगढदेखि काठमाडौँसम्मको दूरी जम्मा एक घन्टामा पूरा हुनेछ । 

सेनाले २०८१ मंसिरभित्र काम सकिसक्नुपर्ने भए पनि उक्त अवधिमा काम नसकिने भएपछि ०८३ चैतसम्म म्याद थप गरिएको छ । यसको शुरु अनुमानित बजेट १ खर्ब ७५ अर्ब रुपैयाँ भए पनि म्याद थपसँगै लागत पनि २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पुर्याइएको छ । 

अहिलेसम्म ३१.५७ प्रतिशत खर्च भइसकेको छ । पछिल्लो ६ वर्षमा ३०.९६ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । ललितपुरको खोकनादेखि बाराको निजगढसम्म फास्ट ट्रयाक निर्माण कार्य करिव ३१ प्रतिशत भौतिक प्रगति भएको नेपाली सेनाले बताएको छ । 

द्रूत मार्गको निर्माण कार्य सुस्त देखिए पनि पछिल्लो समय फास्ट ट्रयाकमा पर्ने सुरुङ निर्माणको काम भने तीब्र गतिमा काम भइरहेको छ । 

सेनाले १३ प्याकेज बनाइ काम अघि बढाएको छ । काठमाडौँ–तराई द्रूत मार्ग अन्तर्गत निर्माण हुने ६ वटा सुरुङ मार्गमध्ये तीनवटा सुरुङको निर्माण जारी रहेको छ । 

यसरी समग्र सुरुङ मार्गको भौतिक प्रगति ६७.४३ प्रतिशत रहेको सेनाले बताएको छ । निर्माण भइरहेको सुरुङ मार्ग काठमाडौँबाट निजगढतर्फ जाँदा एउटा र निजगढबाट काठमाडौँतर्फ आउँदा अर्को छुट्टै सुरुङ प्रयोग गर्नुपर्ने भएकाले एक ठाउँको सुरुङलाई चारतर्फबाट खनिएको छ । द्रूत मार्गका ३ वटै सुरुङमार्गको ठेक्का चिनियाँ कम्पनीले पाएर निर्माण कार्य तीब्र रुपमा गरिरहेको छ ।

fast-track-tunnel-2080 (1).jpg
fast-track-tunnel-2080 (2).jpg
fast-track-tunnel-2080 (3).jpg
fast-track-tunnel-2080 (4).jpg
fast-track-tunnel-2080 (5).jpg
fast-track-tunnel-2080 (6).jpg
fast-track-tunnel-2080 (7).jpg
fast-track-tunnel-2080 (8).jpg
fast-track-tunnel-2080 (9).jpg
fast-track-tunnel-2080 (10).jpg
fast-track-tunnel-2080 (11).jpg
fast-track-tunnel-2080 (12).jpg
fast-track-tunnel-2080 (13).jpg
fast-track-tunnel-2080 (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ