arrow

आठ वटा संसदीय समितिको बैठक आजै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १५ मंगलबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज एकै दिन आठ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार आज अर्थ समितिको बैठक दिउँसो २ बजे बस्दै छ । बैठकमा समितिको आन्तरिक छलफल हुनेछ । 

त्यस्तै दिउँसो २ बजे नै बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ । त्यस्तै महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा अन्तरजातीय, अन्तरभाषिक, अन्तरधार्मिक, अन्तरसांस्कृतिक सहिष्णुता पवद्र्धनमा आयोगले खेलेको भूमिका सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे नै बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ । 

बिहान ११ बजे नै बस्ने दिगो विकास तथा सुशासन समितिको बैठकमा सुशासनका लागि विधिको शासन र संसद्को भूमिका विषयमा अन्तरक्रियात्मक छलफल हुनेछ । 

त्यस्तै बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ मा सैद्धान्तिक छलफल हुनेछ । 

त्यस्तै बिहान साढे ११ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुको पहिचान, आवास र भूमिमाथिको पहुँच र अधिकारको सुनिश्चितता, जोखिमयुक्त स्थानमा बसोबास गर्दै आएकालाई स्थानान्तरण लगायतका विषयको सम्बन्धमा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ