नेपाल वाफ च्याम्पियनशिप फुटबलको फाइनलमा, उपाधि भिडन्त जोर्डनसँग
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १६ बुधबार
674
Shares
काठमाडौँ । नेपाल साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल फेडेरेशन (वाफ) च्याम्पियनशिप महिला फुटबलको फाइनलमा पुगेको छ।
जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा मंगलबार राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा लेबनानलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।
नेपालका लागि प्रिती राईले खेलको ९५ औँ मिनेटमा निर्णायक गोल गर्दै नेपाललाई फाइनलमा पुर्याएकी हुन् । यसअघि नेपालका लागि सावित्रा भण्डारीले खेलको ७६औँ मिनेटमा बराबरी गोल गरेकी थिइन् । सावित्राको यस प्रतियोगितामा यो नवौं गोल हो।
त्यस्तै लेबनानका लागि नेपालकी पुजा रानाले खेलको ३७ औँ मिनेटमा आत्मघाती गोल गरेपछि लेबनानले शुरुवाती अग्रता लिएको थियो।
यसअघि पहिलो सेमिफाइनलमा जोर्डनले प्यालेस्टाइनलाई ५–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो।
अब फाइनल नेपालले जोर्डनको सामना गर्ने छ। फाइनल खेल बिहीबार हुने छ ।