arrow

चार संसदीय समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १७ बिहिबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ८ बजेबाट शुरु भएको छ । 

बैठकमा फलामे छडको कच्चा पदार्थको रूपमा रहेको स्पन्ज आइरन र विलेट्सबीच भन्सार महसुल एवं अन्तःशुल्कका सम्बन्धमा समितिको मिति २०७०,३, ६ गतेको निर्णय कार्यान्वयन सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सम्पत्ती शुद्धीकरण अनुसन्धान विभाग र राजश्व अनुसन्धान विभागको कामकारबाही सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै बिहान साढे ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा निर्वाचन क्षेत्र जोड्ने रणनैतिक सडकका सम्बन्धमा छलफल हुनेछ । 

दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ