arrow

छवि नबिगार्न समितिको निर्देशन

व्यापारीलाई दुःख दिने गरी हतारमा मुद्दा नचलाउन सम्पत्ति शुद्धीकरण विभागलाई समितिको निर्देशन [भिडियो]

कसैको छविमा पछिसम्म असर पर्ने काममा हात नहाल्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १७ बिहिबार
ramhari-rajyabewasta.jpg

काठमाडौँ । राज्य व्यवस्था समितिले अन्तर्राष्ट्रिय निकायलाई खुशी बनाउनकै लागि हतार–हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई आग्रह गरेको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठक सम्पत्ति शुद्धीकरण सम्बन्धी भएको छलफल प्रश्चात समितिले विभागलाई यस्तो आग्रह गरेको हो । 

समिति सभापति रामहरी खतिवडाले समिति बैठकमा बोल्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अन्तर्राष्ट्रिय निकायलाई खुशी बनाउन हतार–हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न आग्रह गरे । उनले विभागले प्रमाणहरूलाई राम्रोसँग अध्ययन गरेर कोही पनि मानिसहरू विभागको कामलाई हेरेर आतङ्कित हुने वातावरण नबन्ने गरी मुद्दा अघि बढाउन आग्रह गरे । सभापति खतिवडाले नेपालमा उद्योगी व्यापारी लगायत अन्य मानिसहरू आंतकित हुने वातावरण राजश्व अनुसन्धानले र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गर्नु नहुने बताउनु भयो । उनले राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण सम्बन्धीले कसैको छविमा पछिसम्म असर पर्ने काममा हात नहाल्न आग्रह गरे ।

उनले भने,‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अन्तर्राष्ट्रिय निकायलाई खुशी बनाउन हतार–हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्नुहोला । प्रमाणहरू राम्रोसँग अध्ययन गरेर कोही पनि मानिसहरू विभागको कामलाई हेरेर आतङ्कित हुने वातावरण नबनोस् । नेपालमा उद्योगी व्यापारी लगायत अन्य मानिसहरू आंतकित हुने वातावरण राजश्व अनुसन्धानले र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि नगरोस् । मुद्दा लगाएर अनावश्यक दुःख दिने कुरा छ । यसलाई विचार पुर्‍याएर मात्रै कसैको छविमा पछिसम्म असर पर्ने काममा कम हात हाल्न आग्रह गर्दछु । बेनामी रूपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा मुद्दा हाल्ने विषयलाई व्यवस्थित गर्नुपर्छ भन्ने समितिको धारणा छ । यो विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान र राजश्व अनुसन्धान विभागले ध्यान दिन आग्रह छ ।’

उनले बेनामी रूपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा मुद्दा हाल्ने विषयलाई व्यवस्थित गर्नुपर्ने बताउनु भयो । उनले यो विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान र राजश्व अनुसन्धान विभागले ध्यान दिन आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ