arrow

श्रीलङ्का पुर्‍याई बेचबिखन गरेको आरोपमा एक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १८ शुक्रबार
nepal-police12.jpg

काठमाडौँ। नेपाल प्रहरीले मानव बेचबिखन कार्यमा संलग्न एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिका-४ का ४७ वर्षीय मुर्तुजा मियाँ रहेका छन् । उनलाई प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।

कुवेतमा घरेलु काममा लगाईदिने प्रलोभनमा पारी एक महिलालाई श्रीलङ्का पुर्‍याई बेचबिखन गरेको आरोपमा मियाँलाई पक्राउ गरेको प्रहरीकोे मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिए । मियाँले पीडित महिलालाई सुनौली हुँदै भारतको नयाँदिल्ली पुर्या‍इ त्यहाँका एजेन्टमार्फत श्रीलङ्का पठाएको अनुसन्धानका क्रममा खुलेको उनले बताए । 

पीडित महिला श्रीलङ्का पुगेपछि त्यहाँ उनलाई ६८ दिनसम्म राहदानीलगायत कागजात जफत गरी बन्धक बनाएर राखेको खुलेको छ । उनलाई मानसिक यातना दिने तथा कुटपिट गर्ने गरेको पाइएको प्रवक्ता फुँयालले बताए । पक्राउ परेका मियाँलाई जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ