arrow

प्रधानमन्त्रीको दाउ

प्रधानमन्त्रीले सम्पत्ति शुद्धीकरण र राजश्व विभागलाई हतियार बनाउने गरेको गगन थापाको आरोप [भिडियो]

 मुद्दा हेर्ने विषयमा मोलमोलाइ हुन्छ भन्ने सुनिन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १८ शुक्रबार
gagan-thapa-11-17.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सम्पत्ती शुद्धीकरण र राजश्व अनुसन्धान विभागलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हतियार बनाउने गरेको गगन थापाको आरोप लगाएका छन् । 

 बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठक बोल्दै महामन्त्री थापाले यी दुई विभाग चल्ने छुट्टै कानुनी प्रावधान भए पनि प्रधानमन्त्रीको इच्छा अनुसार चल्ने गरेको आशङ्का रहेको धारणा राखे । 

उनले कार्यकारी शक्ति हुनेहरूले सम्पत्ती शुद्धीकरण र राजस्व अनुसन्धान हतियार बनाउने गरेको पनि बताए । उनले राजनीतिक दलको प्रतिस्पर्धामा पनि सम्पत्ती शुद्धीकरण र राजश्व अनुसन्धान प्रयोग भएको आफूसँग प्रशस्त प्रमाण रहेको भन्दै बजार हल्ला नभएर वास्तविकता रहेको दाबी गरे । 

महामन्त्री थापाले राजश्व अनुसन्धान विभागले राजश्व अनुसन्धानमा अर्थ मन्त्रालयसँग अलग भएर काम गर्दा विभागको उद्देश्यअनुसार काम गर्न अप्ठ्यारो भएको विषयमा जानकारी दिन आग्रह गरे । महामन्त्री थापाले सम्पत्ती शुद्धीकरणले बेनामी उजुरीको आधारमा कुनै एक जना व्यवसायी वा राजनीतिज्ञलाई दुःख दिने माध्यमको रूपमा काम गरेको आरोप लगाए । उनले बेनामी उजुरी दर्तामा लैजाने वा नलैजाने भन्ने विषयमा पैसाको मोलमोलाइ हुन्छ भन्ने सुनेको समेत बताए।

उनले भने,‘ सम्पत्ती शुद्धीकरण र राजश्व अनुसन्धान कानून अनुसार चलेका छन् । अपेक्षा गर्ने कुरा त्यही हो । यी दुई निकायहरू प्रधानमन्त्री कार्यालय मातहत राख्नुपर्ने कारण कानुनी रूपमा चल्ने भन्दा पनि कार्यकारीको इच्छामा उछल्ल छ की भन्ने आंशका छ । कार्यकारी शक्ति हुनेहरूले सम्पत्ती शुद्धीकरण र राजस्व अनुसन्धान हतियार बनाउँछन् भन्ने आरोप छ । राजनीतिक दलको प्रतिस्पर्धामा पनि सम्पत्ती शुद्धीकरण र राजश्व अनुसन्धान प्रयोग भएका उदाहरणहरू र प्रमाण छन् । बजारका हल्ला मात्रै हुन भन्ने सक्ने अवस्था छैन । राजश्व अनुसन्धान विभागले राजश्व अनुसन्धानमा अर्थ मन्त्रालयसँग अलग भएर काम गर्दा विभागको उद्देश्यअनुसार काम गर्न अप्ठ्यारो भएको छ की छैन ? कानूनमा समय अनुकलन संशोधन गर्नुपर्ने भन्नुभएको छ । सम्पत्ति शुद्धीकरण बेनामी उजुरीको आधारमा कसैलाई परिसानी गर्ने माध्यमको रूपमा काम गरेको बुझिन्छ । मुद्दा हेर्ने विषयमा मोलमोलाइ हुन्छ भन्ने सुनिन्छ ।’

उनले सम्पत्ती शुद्धीकरण विभागले टाक्स फोर्सले दिएको सुझाव बमोजिम घर जग्गा,आयात निर्यात,सहकारीको कारोबार आदीबाट सम्पत्ती शुद्धीकरणका विषयमा काम गर्न आवश्यक रहेको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ