arrow

दूरसञ्चार प्राधिकरणले मनायो वार्षिकोत्सव [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २० आइतबार
telecommunication-authority-anniversary-2080 (12).jpg

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले आइतबार २६ औँ वार्षिकोत्सव मनाएको छ । आफ्नै कार्यालय रहेको जमलस्थित सांस्कृतिक संस्थानको सभाहलमा भएको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत प्रमुख अतिथि थिए । 

त्यस्तै सञ्चार मन्त्रालयका सचिव रामकृष्ण सुवेदी पनि सहभागी भएका थिए । उनीहरुलाई प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले सहजीकरण गरेका थिए । 

कार्यक्रममा प्राधिकरणको प्रगति र अबका चुनौतीहरुका बारेमा जानकारी दिइएको थियो । 

त्यस्तै कार्यक्रममा २० वर्ष काम गरेबापत कर्मचारी सेवा दीर्घसेवा पदकसहित अर्जुन घिमिरे, मिनप्रसाद अर्याल, विजयकुमार रायलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । 

त्यस्तै अन्य कर्मचारीहरुलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा प्रमुख अतिथि रहने भनिए पनि उनी गृहजिल्ला दाङमा भएका कारण मन्त्री बस्नेत आएका हुन् । 


 

telecommunication-authority-anniversary-2080 (1).jpg
telecommunication-authority-anniversary-2080 (2).jpg
telecommunication-authority-anniversary-2080 (3).jpg
telecommunication-authority-anniversary-2080 (4).jpg
telecommunication-authority-anniversary-2080 (5).jpg
telecommunication-authority-anniversary-2080 (6).jpg
telecommunication-authority-anniversary-2080 (7).jpg
telecommunication-authority-anniversary-2080 (8).jpg
telecommunication-authority-anniversary-2080 (9).jpg
telecommunication-authority-anniversary-2080 (10).jpg
telecommunication-authority-anniversary-2080 (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ