स्यानिटरी प्याड खरिदमै भ्रष्टाचार, तत्कालीन नगर प्रमुखसहित नौ जनाविरुद्ध विशेषमा मुद्दा
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
794
Shares
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा सहिदनगर नगरपालिका आर्थिक वर्ष २०७७-७८ मा स्यानिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद ऐन नियमावलीको पालना नगरी खरिद गरेको तथा गुणस्तरयुक्त नभएको पाइएको भन्दै आयोगले आइतबार तत्कालीन नगर प्रमुखसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले तत्कालीन नगरप्रमुख उदयकुमार यादव, तत्कालीन नगर उपप्रमुख शिलादेवी कामपर, प्रमुख प्रशासकीय अधिकृत शत्रुध्न यादव, लेखापाल लोकबहादुर नेपाली, जिन्सी शाखा प्रमुख सुदीपकुमार भट्टराई, स्वास्थ्य संयोजक कपिलदेवप्रसाद अधिकारीविरुद्ध रु १३ लाख ९३ हजार छ सय ८७ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।
आयोगले सहिदनगर नगरपालिका धनुषाका तत्कालीन सव-इञ्जिनियर सरोजकुमार महत्तो, रेजा टे«डिङ प्रालि धनुषाका प्रोपाइटर अकवर मन्सुरविरुद्ध पनि रु १३ लाख ९३ हजार छ सय ८७ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए ।