arrow

टीआरसी विधेयक टुङ्गाउने तयारीमा समिति

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
trc-bidhyak-kanun-samiti.jpg

काठमाडौँ  ।प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समिति सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी)  विधेयक टुङ्गाउने तयारीमा छ । 

हिजो चार बुँदामध्ये दुई वटामा सहमति जुटिसकेको छ भने आज दुई बुँदामा सहमति जुट्नेछ । 

आज सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने बेठकले टीआरसी विधेयक टुङ्गाउने तयारी गरेको हो । 

आज कानून मन्त्रालय र समिति सचिवालयले विधेयक सम्बन्धी मस्यौदा प्रतिवेदन तयार गरी पेश गर्ने र उक्त मस्यौदा प्रतिवेदनमाथि समितिले छलफल गरी पारित गर्ने छ । 

बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ