arrow

सत्ताको चक्करले अलमलमा टीआरसी विधेयक

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
trc-bidhyak-kanun-samiti.jpg

काठमाडौँ । सत्ताको चक्करले सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक अन्योलमा परेको छ । 

 सरकार समीकरण परिवर्तनका कारण आज टीआरसी विधेयक टुङ्गाउन बस्ने भनिएको कानून, न्याय तथा मानव अधिकार समितिको बैठक स्थगित भएको छ  । 

 हिजो चार बुँदामध्ये दुई वटामा सहमति जुटिसके पनि दुई बुँदामा सहमति जुट्न बाकी थियो । सरकार परिवर्तनसँगै टीआरसी विधेयक के हुने हो भन्ने अन्योलमा परेको छ । 

हिजोको समितिले बाकी दुई बुँदामा कानून मन्त्रालय र समिति सचिवालयले विधेयक सम्बन्धी मस्यौदा प्रतिवेदन तयार गरी पेश गर्ने र उक्त मस्यौदा प्रतिवेदनमाथि समितिले छलफल गरी आज पारित गर्ने तयारी गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ