arrow

एकीकृत समाजवादीले यस्तो गर्‍यो निर्णय [भिडियो]

नेपालसहितको टोली बालुवाटारमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २३ बुधबार
socialist-party-11-22.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले नयाँ सत्ता गठबन्धनमा सहभागी हुने-नहुने विषयमा टुंगो बालुवाटार मै गर्ने भएको छ । 

पार्टी बैठकपछि पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले सरकारमा सहभागी हुन केही सर्त अघि सारेको बताए । 

उनले भने, ‘प्रधानमन्त्रीले नयाँ समीकरणको आरम्भ गरेपछि हाम्रो पार्टीसँग नयाँ समीकरणमा सरकारको गठन र सञ्चालन तथा नीति कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) समान सहभागिता र भूमिका रहने प्रस्ताव गर्नुभएको सन्दर्भमा बैठकमा छलफल भयो । उक्त प्रस्तावलाई सकारात्मक रूपले लिँदै प्रधानमन्त्रीसँग निम्न विषयमा छलफल गरेपछि आवश्यक निर्णय गरिन्छ ।'

 बुधवार बसेको सचिवालय बैठकले सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक रहेको तर निर्णय भने गरि नसकेको बताएको छ । 

पार्टीले नयाँ सत्ता गठबन्धनमा सहभागी हुने-नहुनेबारे गठबन्धनमा सहभागी राजनीतिक दलहरूसँग छलफल गर्न अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाललाई जिम्मेवारी दिएको छ । उनीहरू बालुवाटार पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ