arrow

धेरै प्रश्नको जवाफ मन्त्रिपरिषद् पुनर्गठनबाटै दिएको छु – प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २४ बिहिबार
prachanda-parliament-80-11-.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनबाटै धेरै प्रश्नहरूको जवाफ दिइसकेको बताएका छन् । 

प्रतिनिधि सभाको बिहीबारको बैठकमा यसअघि सांसदहरुले राख्नुभएको जिज्ञासाको सम्बोधन गर्दै उनले यही फागुन ६ देखि १८ गतेसम्मका बैठकमा विभिन्न विषयमा सरकारको धारणा माग गरिएकामा सरकारको समीकरणसँगै मन्त्रीको राजीनामाको विषय स्वतः सम्बोधन भएको बताए । 
 
“सांसदहरूले उठाउनुभएका विषयको जवाफसँगै पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्दैछु”, प्रधानमन्त्री दाहालले भने, “राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनसँगै माननीयज्यूहरूका केही प्रश्नले जवाफ पाइसकेका छन् । उदाहरणका लागि बालकुमारी घटनामा दोषी देखिएका भनिएका तत्कालीन मन्त्रीको विषय सरकारको पुनःगठनसँगै असान्दर्भिक भएको छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ