arrow

गठबन्धनलाई टिकाउन चुनौती छ - प्रदीप ज्ञवाली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २८ सोमबार
pradeep-gyawali.jpg

काठमाडौँ ।  नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सत्ता समीकरण निर्माणमा बाह्य हस्तक्षेप नभएको दाबी गरेका छन् । उपमहासचिव ज्ञवालीले स्वदेशकै पात्रहरूले, स्वदेशकै खेलाडीहरुले अप्रत्याशित, आकस्मिक, अपत्यारिलो लाग्ने गरी निर्माण गरेको नयाँ सत्ता समीकरणलाई टिकाउने कुरा चुनौतीको रूपमा रहेको समेत स्वीकार गरे । 

उनले बाह्य सम्बन्ध, अर्थतन्त्रको अवस्था, जनताको राज्य प्रणालीलाई हेर्ने पर्सेप्शन, मुलुकको भविष्यप्रतिको विश्वास, मुलुकका सामाजिक सम्बन्धहरू, मुलुक चलाउने राज्यको सबै संयन्त्रहरू ठूलो सङ्कटमा रहेको उल्लेख गर्दै त्यो सङ्कट र निराशालाई चिर्दै अगाडि बढ्ने कुरालाई नयाँ गठबन्धनले केन्द्रबिन्दुमा राखेर काम गर्ने बताए ।

उपमहासचिव ज्ञवालीले भने, ‘गएको १ वर्षमा देशले धेरै नै मूल्य चुकायो । पछिल्लो समय नेकपा माओवादी केन्द्रले, प्रधानमन्त्री स्वयंले त्यो बोध गरे कि अब यो बाटोबाट अगाडि बढ्न सकिँदैन भनेपछि हामीले गरेका केही सचेतन प्रयासहरू र उनहरू भित्र पनि अब नेपाली काँग्रेससँगको सहकार्य सुविधाजनक छैन । र यसले कुनै पनि परिणाम दिँदैन भन्ने भएपछि उनहरू पनि नयाँ सहकार्यमा जोडिन तयार हुनुभयो । अब विगतमा भन्दा तपाईँहरूले देख्नुहुन्छ–यो सहकार्यका निम्ति कुनै बाह्य शक्तिहरूको दौडधुप भएको देखिएन । एकदमै गुपचुप ढङ्गले धेरैलाई त अप्रत्याशित, आकस्मिक, अपत्यारिलो लाग्ने गरी यो काम भयो । भन्नुको तात्पर्य चाहिँ यो स्वदेशकै पात्रहरूले, स्वदेशकै प्लेयरहरूले निर्माण गरेको एउटा सहकार्य हो । अब यसलाई दिगो बनाउने, यसलाई सफल बनाउने चुनौती हामीसँग छ । किनभने देशको परिस्थिति धेरै नै गम्भीर छ । हामी हिजोसम्म प्रतिपक्षमा भएर अथवा अहिले हामीले नेतृत्व नगरिरहेको भएर त्यसो भनेको होइन कि यथार्थमै देशका सबै आयामहरू बाह्य सम्बन्ध, अर्थतन्त्रको अवस्था, जनताको राज्य प्रणालीलाई हेर्ने पर्सेप्शन, मुलुकको भविष्यप्रतिको विश्वास, मुलुकका सामाजिक सम्बन्धहरू, मुलुक चलाउने राज्यको सबै संयन्त्रहरू यी सबैमा एउटा ठूलो सङ्कट छ । यो सङ्कट र यो निराशालाई चिर्दै अगाडि बढ्ने कुरालाई केन्द्र विन्दुमा राखेर हामी अगाडि बढिरहेका छौं ।’

उपमहासचिव ज्ञवालीले काँग्रेसले देशको पक्षमा कुनै परिणाममुखी काम गर्न नसक्ने निष्कर्षमा पुगेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल एमालेसँगको सहकार्यका लागि तयार हुनुभएको पनि दोहोर्‍याए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ