arrow

दुई संसदीय समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २९ मंगलबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र महिला तथा सामाजिक समितिको बैठक बस्दैछ । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ । 

बैठकमा सुर्ती, खैनी तथा गुट्खा उद्योगको पुँजी तथा क्षमता वृद्धिको स्वीकृति सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल हुनेछ । 

त्यस्तै मध्यान्ह १२ बजे बस्ने महिला तथा सामाजिक समितिको बैठकमा बालसुधार गृहहरुको व्यवस्थापन र सुधारसँग सम्बन्धित विषयमा विभिन्न मन्त्रालयहरुले गरिरहेका काम कारबाहीका बारेमा छलफल हुनेछ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ