arrow

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

विश्वप्रकाशले प्रचण्डलाई सोधे- धोका खाएकाहरू एक भए भने तपाईँको हालत के होला ? 

गठबन्धन टुटिसकेपछि गालीको कुटिर उद्योग बन्द भयो

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३० बुधबार
bishwaprakash-sharma-11-30.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले कांग्रेस विश्वासको मतको विपक्षमा रहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने क्रममा नेपालमा सबैभन्दा धरापमा विश्वास परेको भन्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् । 

कोशीमा माओवादी पराजित हुँदा आफूहरुले पनि कांग्रेस पराजित भएको महसुस गरेको भन्दै आफूहरूको डकुमेन्टमा पनि उल्लेख भएको विश्वप्रकाशले उल्लेख गरे । कांग्रेसले आफ्नो डकुमेन्ट कांग्रेसका साथीहरूलाई सोधेर लेख्ने बताए । 

महामन्त्री शर्माले संसद बैठकमा सम्बोधन गर्ने क्रममा संसद्मा बजेटका सिद्धान्तमाथि छलफल चलिरहेका बेलामा एक्कासि गठबन्धन बदलिएको बताउँदै यदि गठबन्धन नबलिएको भए आर्थिक वृद्धि कसरी गर्न सकिन्छ भनेर अहिले छलफल भइरहेको हुने बताए । 

महामन्त्री शर्माले टीआरसी विधेयक, कानून निर्माणहरू कसरी एकताबद्ध भएर अगाडि जाने भनेर छलफल हुँदै हुने थियो भनी बताए । 

महामन्त्री शर्माले माओवादी केन्द्र र कांग्रेसको सत्ता गठबन्धन टुटेपछि राजनीतिमा अपमानित गर्ने बोली बन्द भएको बताए । 

उनले भने, 'राजनीतिमा तिक्त आलोचना गर्ने र गालीको कुटिर उद्योग चलाउने जुन चलन थियो नि, यो गठबन्धन टुटिसकेपछि त्यो गालीको कुटिर उद्योग बन्द भएको अवस्था छ, लोडसेडिङमा परेको अवस्था छ तत्कालका लागि ।'

राजनीतिमा होच्याउने र मानमर्दन गरेर बोल्न नहुने शर्माको भनाइ थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ सङ्केत गर्दै शर्माले भने, 'विगतमा हेर हेर कांग्रेसको गति, ३२ सिटेको पछि लागेको छ । यो देशको एउटा पूर्वप्रधानमन्त्रीले भने, उनको नाम बिर्सिएँ ।'

 शर्माले प्रधानमन्त्री दाहालले एमाले र काँग्रेसलाई पालैपालो धोका दिएकाले उनीहरू मिलेर अघि बढे भने प्रधानमन्त्री दाहालको अवस्था के हुन्छ भन्ने कुरा सबैले बुझेको विषय भएको समेत बताए । 

उनले एमाले अध्यक्ष केपी ओली र पार्टी सभापति शेरबहादुर देउवाबीचको सहयात्रा शुरु हुनसक्ने सम्भावना औँल्याउँदै त्यसको हेक्का राख्न पनि प्रधानमन्त्री दाहाललाई सचेत गराए । महामन्त्री शर्माले प्रधानमन्त्रीबाट धोका पाएकाहरुबीच एक होऔँ भन्ने नारा लाग्न सक्ने दाबी समेत गरे ।

उनले भने, ‘पोहोर एमाले विपक्षमा रह्यो । अहिले काँग्रेस विपक्षमा रहेको । पक्षको मात्रै जोडदैगर्दा पालैपालो विपक्षमा रहेका हिसाब जोड्दै गर्दा क्लियर हुँदैन र हिसाब ? पालैपालो विपक्षमा उभिएकाहरू एउटै पक्षमा उभिए भने नि । धोका खाएकाहरू एक हौँ भनेर नारा लाग्यो भने नि । तब राजनेताको गद्दीको हालत के होला ? सम्माननीय प्रधानमन्त्रीज्यू । यहाँले अघि काँग्रेसको कसैले राजनेता भनेको उद्धृत गर्न खोज्नुभएको छ । कुरा नचल्ने भने पूर्वप्रधानमन्त्रीजीले । तलबाट हाम्रा सभापतिले इशारा गरेर कुरा चल्ने हो भने । कुरा नचल्नेहरूको कुरा चल्न शुरु भयो भने यहाँको यात्रा चाहिँ कतातिर चल्छ होला ? सम्माननीय प्रधानमन्त्रीज्यू । ’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ