arrow

समितिमा महानिरीक्षक

जीबी राईको विषयमा हामी संवेदनशील छौँ- प्रहरी महानिरीक्षक [भिडियो]

महराले गाडी र पीएसओसमेत छोडेर हिँडेपछि पक्राउ गरियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १४ बुधबार
basant-kuwar-igp-police.jpg

काठमाडौँ ।नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले सहकारी प्रकरणमा जीबी राईको सम्बन्धमा नेपाल प्रहरी संवेदनशील रहेको र सोही अनुरूप पक्राउ गर्ने प्रक्रियामा लागेको बताएका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महानिरीक्षक कुँवरले राई मलेसियामा भए पनि नेपाल र मलेसियाका बीचमा सुपुर्दगी सन्धी नभएका कारण नेपाल पठाउन मलेसिया सरकार बाध्य नभएको बताए ।

उनले भने – ‘जीबी राईको इस्युमा हामी संवेदनशील छौँ । यो इस्युको मेन जड त्यही हो भन्ने हामीलाई लाग्छ । हामीले डिफ्युजन नोटिस जारी ग¥यौँ । रेड कर्नर नोटिस जारी ग¥यौँ । सम्बन्धित पक्ष मलेसियामा छ नै भन्छौँ । मलेसियामा सुपुर्दगी सन्धी छैन । हामीले आग्रह पत्र पठाएका भए पनि मलेसियन सरकार बाध्य भएको छैन । इन्टरपोलले फिर्ता पठाउन सक्दैन । अझै पनि हामी मेरो तहबाट काम गर्दै छौँ । सहकारीको विषयमा ठाडो उजुरी आयो । अनुसन्धान गर्दा खरी तथ्य प्रमाण भेटिँदैन, रवि लामिछानेमा अहिलेसम्मको तथ्य, प्रमाणमा कुनै पनि आधार देखिँदैन ।’ 

उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताको आधार प्रमाण नदेखिएको बताए । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नताको आधार, प्रमाण नरहेको बताएका हुन् । 

महानिरीक्षक कुँवरले पूर्व सभामुख कृष्णबहादुर महराले सुन तस्करी प्रकरणको अनुसन्धानमा नसघाउने देखेर पक्राउ गर्नुपरेको बताए । महराले गाडी र पिएसओ समेत छोडेर हिँडेपछि पक्राउ गर्नुपरेको बताए । महराको स्वास्थ्य अवस्थाका कारण रिहाइ गरिएको भन्दै उनले कुनै दबाब र प्रभावमा नगरिएको बताए ।

उनले भने – ‘आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सिलसिलामा हामी संवेदनशील बन्यौँ । कानूनी दायरामा ल्याउनुपर्छ भन्ने हिसाबले गयौँ । उनको स्वास्थ्य अवस्थादेखि सबै कारणले हामी लिबरल नै हुने भनेका थियौँ । तर यहाँ मैले त्यो शब्द प्रयोग गर्दिनँ । हामीलाई आभास भयो । आभास नभएको कारणले कमसेकम हामीलाई सहयोग नगर्ने हो कि, त्यो अवस्था हुने हो कि ? अहिलेको अवस्थामा यदि सहयोग गर्न सकिने अवस्था भएन भने हामीलाई समस्या आउँछ भन्ने हिसाबले हामीले त्यो अवस्थामा ल्याएका हौँ । त्यति बेला उनले पिएसओ र गाडी छोडेर हिँड्नुभएको छ । अब यो सम्मको सङ्केत गरिसकेपछि यहाँहरूले अनुमान गर्न सकिन्छ । पछि छोड्ने विषयको कुरा, पहिले धेरै अनुसन्धान भइसकेका विषय थिए । थप कुराहरू आयोगले औँल्याएका कुराहरूलाई स्पष्ट गर्ने कुरा थिए । त्यसलाई हामीले स्पष्ट ग¥यौँ । अदालतले पनि उनको स्वास्थ्य अवस्था हेरेर अस्पतालमै राखेर मुद्दाको कारबाही अगाडी बढाउनु भनेको कारण र पछिल्लो अवस्थामा हाम्रो हिरासतमा बस्दाबस्दै अरू घटना हुन सक्ला भन्ने हिसाबले पनि हामीले तारिखमा राखेर अनुसन्धान गर्ने भन्यौँ । यसमा कुनै दबाब, प्रभाव, यसो र उसो भन्ने हुँदै होइन ।’

महानिरीक्षक कुँवरले जीवन चलाउनेले प्रहरीमाथि लगाएको आरोपहरूको सन्दर्भमा सम्बन्धित व्यक्ति पक्राउ नहुँदासम्म सो कुरालाई तथ्यको रूपमा लिन नसकिने बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ