arrow

हुल तथा दंगा व्यवस्थापनबारे सशस्त्र र जनपदको संयुक्त अभ्यास [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १६ शुक्रबार
apf-janapad-agitation-manag.jpg

सुनसरी । सुनसरीमा शुक्रबार हुल तथा दंगा व्यवस्थापन सम्बन्धी संयुक्त डेमोन्स्ट्रेशन अभ्यास संचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरीको संयुक्त आयोजनामा जिल्ला सुनसरी ईनरुवा नगरपालिका ४ स्थित स.प्र.बल, नेपाल नं. ४ गण हे.क्वा. सुनसरीको कार्यालय परिसर भित्र संयुक्त अभ्यास गरिएको हो । 

सो अभ्यासमा सशस्त्र प्रहरी निरीक्षक निरकुमार कार्कीको कमाण्डमा ३५ जना र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी निरीक्षक बबिन राईको कमाण्डमा ३५ जना गरी जम्मा ७० जनाको संयुक्त टोलीले संयुक्त डेमोन्स्ट्रेसन प्रदर्शन गरेको हो । 

सुनसरी जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी बेदराज फुयालको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सुनसरी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराई, नेपाली सेना कृष्ण दल गण ईटहरीका प्रमुख सेनानी अमित लामा, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक बिपिन रेग्मी, गणका गणपत्ति सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्य, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सुनसरीका उपअनुसन्धान निर्देशक तुलसी कट्टेल, मानवअधिकारकर्मी तथा पत्रकारसहित करिब १५० जनाको उपस्थिति रहेको थियो । 

सामान्य घटनाहरु कुनै अवस्थामा असामान्य बनी शान्ति सुव्यवस्थामा नै चुनौती उत्पन्न हुन सक्ने तथा अर्को अप्रिय घटना भइ जनजीवन नै अस्तव्यस्त हुन सक्ने हुँदा त्यसलाई समयमा नै शुक्ष्म निगरानी राखी सुरक्षा सतर्कता अपनाउने र परेको अवस्थामा मानव अधिकारसम्बन्धी मूल्य मान्यतालाई उच्च कदर गर्दै स्थानीय प्रशासन ऐन २०२८ बमोजिम शान्ति सुव्यवस्था कायम गर्न गरिने बल प्रयोगका चरणहरुलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न यो अभ्यास गरिएको हो । 

साथै यसले शान्ति सुरक्षा कायममा महत्वपूर्ण भूमिका खेल्ने दुई सुरक्षा निकायहरुबीच पारस्पारिक सम्बन्ध स्थापित भइ संयुक्त रुपमा परिचालन हुनुपर्दा कार्यगत एकता कायम समन्वय र सहकार्य हुनेछ भने यस अभ्यासले आगामी दिनमा जिल्लामा शान्ति सुरक्षा कायममा सहज हुनेछ ।

apf-janapad-agitation-management (5).jpeg
apf-janapad-agitation-management (6).jpeg
apf-janapad-agitation-management (7).jpeg
apf-janapad-agitation-management (1).jpeg
apf-janapad-agitation-management (2).jpeg
apf-janapad-agitation-management (3).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ